नयाँ नोट सटही कात्तिकदेखि सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने

नयाँ नोट सटही कात्तिकदेखि सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने

काठमाडौं। नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । दशैँ, तिहार, छठजस्ता चाडपर्वका लागि कात्तिकको सुरुबाट नै नोट सटही सुविधा प्रदान गरिने राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव भट्टराईले बताए ।

उनले भने, “गतवर्षजस्तै यस बर्ष पनि दशैँ, तिहार, छठजस्ता पर्वका लागि कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्नेछौँ ।”

गत वर्षजस्तै सर्वसाधारणले यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँचसय रुपियाँ सम्मका नयाँ नोट साट्न पाउनेछन् ।
बैङ्कले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही सुविधा प्रदान गर्ने जनाइएको छ ।