महेन्द्रनगरमा आईतवार साँझ चार तथा सोमवार विहान ७ सात घण्टा कफ्र्यू खुल्ला

महेन्द्रनगरमा आईतवार साँझ चार तथा सोमवार विहान ७ सात घण्टा कफ्र्यू खुल्ला

धनगढी : महेनद्रनगरमा लगाईएको कफ्र्यू आईतवार साँझ र सोमवार विहान हटाईएको छ । 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले आईतवार साँझ ६ देखि १० बजेसम्म र सोमवार विहान ५ देखि १२ बजसम्मका लागि कफ्र्यू हटाईएको जानकारी दिए । 

१३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधको क्रममा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर सनी खुन्नाको मृत्यु भएपछि अनिश्चितकालिन कफ्र्यू लगाईएको थियो । 

त्यसपछि प्रशासनले आईतवार विहान पनि विहान ५ बजेदेखि १० बजेसम्मका लागि कफ्र्यू हटाएको थियो ।