माया मेट्रो अस्पतालले गरेको रक्तदान कार्यक्रममा ३० जनाले गरे रक्तदान

माया मेट्रो अस्पतालले गरेको रक्तदान कार्यक्रममा ३० जनाले गरे रक्तदान

धनगढी । माया मेट्रो अस्पताल धनगढीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । दशैँ तिहारको उपलक्ष्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा सोमबार ३० जनाले रक्तदान गरेका हुन् ।

धनगढी ३ मा रहेको अस्पतालले चाडपर्वको सिजनमा दुर्घटनाको जोखिम बढ्ने र रगतको समेत अभाव हुने र पछिल्लो समय स्वास्थ्य संस्था वा ब्लड बैङ्कमा हुने रगत अभावका कारण बिरामीलाई हुने थप समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी धनगढीको सहकार्यमा भएको रक्तदान कार्यक्रमले केही मात्रामा भए पनि रगतको परिपूर्ति हुने अस्पतालले अपेक्षा गरेको छ । 

अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले आजको कार्यक्रमले केही मात्रामा भए पनि रगतको परिपूर्ति हुने बताए । उनले सो रक्तदान कार्यक्रममा  सहभागी भई रक्तदान गरेकोमा सबैलाई धन्यावाद दिए । यस अघि अस्पतालले गत फागुनमा पनि रक्तदान कार्यक्रम गरेको थियो । सो समयमा ७० जनाले रक्तदान गरेका थिए ।

सय बेडको अस्पतालले चौबिसै घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे, सिटी स्क्यान सेवा, आइसियु, एनआइसीयु, पीआइसीयु सेवा, वातानुकूलित क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसी लगायतको सेवा–सुविधा दिइरहेको छ ।