''तिमी दास हौँ कि कायर''

''तिमी दास हौँ   कि कायर''

उनको बुझाइमा यो नगर  कायरहरुको हो  ।

किन्दा किनिने र बेचिने दासहरुको हो ।।

अन्याय सहेर बास्नु उस्को धर्म हो ।

किन भने उ दास हो उ कायर हो ।

म शासक हु मैले जे बोले कानुन ठान्नु ।

मेरो विरुद्ध बोल्ने छुट कसैलाई छैन ।

किनकि म तिनै दासहरुको भगवान् हुँ ।
म सनकमा चलु वा रहरमा ।

तिमीहरूले हस् मात्रै भन्नू ।

किनकि तिमी दास हौ कायर हौँ ।

म जे गरुँ मेरो मर्जी ।

किनकि म शासक हु तिमि दास हौँ ।

लेखक: निरीह प्राणी