सामन्तीबादको अवशेष म कसरी भएँ

सामन्तीबादको अवशेष म कसरी भएँ

शेर बहादुर शाही 

वर्गबिहिन समाज बनाउन भनेर युद्ध लडेकाहरूनै अहिले उग्र जनवादी बनेको देख्दा लाग्छ की समाजबाट विभेदको अन्त्य सम्भव छैन । खासगरी ठकुरी भन्ने वित्तिकै सामन्तिको प्रतिकको रुपमा लिने प्रचलन जातिवादहरूले अगाडी सारेका छन् । अझै भन्ने हो भने खस आर्य वर्णको जोकोहिलाई सजिलै भिराई हाल्ने तक्मा बनेको छ समाजवाद, फरियाबाद र ठकुरीवाद । तसर्थ अनेकन बादहरुको भिडमा जन्मिएको सबैभन्दा पुरानो बाद होला सायद ठकुरीबाद । मलाई लाग्छ ठकुरी जुनै बाद र जात होईन । यो त केवल मानव समुदाय मात्रै हो । समयको माग र परिस्थितिले रास्ट्रिय एकता र स्वाधिनताको लडाईमा आफ्नै छुट्टै पहिचान र शब्दभण्डारको सभ्य र शिष्ट भाषा आफ्नो प्रचलनमा ल्याउने समुदाय हो । म स्थानिय निर्वाचन – २०७९ को उमेदवारी दिदै गर्दा एक जना गणतन्त्रको हिमायती हूँ भन्ने जनजातिको नाईके हुँ भन्ने व्यक्तिले पूर्वाग्रही तवरले प्रतिसोधात्मक भावपूर्वक तपाई २४० वर्षको विरासत बोकेको शाही पूँजीपति वर्गको प्रतिनिधित्व गरेर चुनावमा उभिनु भाछ कसरी तपाईको समर्थन गर्ने ? तपाईको पार्टिले संवैधानिक राजस्था र वैदिक सनातन हिन्दुराष्ट्रको माग बोकेको छ । वैचारिक र सैद्धान्तिक रुपमा तपाई र हामी फरक कित्तामा छम । राजसंस्थाको सिंगो व्यवस्थाले समग्र जनजाति उत्पीडित भए । तसर्थ राजसंस्थाबादिहरूको भण्डाफोर नगरी हाम्रो मुक्ति सम्भव छैन भनेर भन्नुभयो । मैले तत्काल यसको प्रतिवाद गरे तर उहाँले उल्टै मलाई उपहास गरे । त्यो मेरो एउटा सवाग्रीण रह्यो । यस्ता थुप्रै उदाहरण हाम्रो समुदायमा विद्यमान नै छन् । हाम्रो समाजमा सहअस्तित्व स्विकार्न नसक्नेहरू सम्रप्दायिकता भड्काउन माहिर देखिन्छन् । आफू विभेदमा परेकाहरू अरुलाई विभेद गर्नुमा मज्जा मान्दछन् । के यहि हो त समावेशिता र समानुपातिक लोकतन्त्र ? मैले स्थानिय चुनावमा जातियता र क्षेत्रियताको ठूलै रंग दिएको बोध गरेको छु । ठकुरीहरू कुनैपनि तवरले सामन्ति होइन र चित्रित सत्कर्ममा विश्वास गर्ने एक नेपालको ऐतिहासिक कालदेखी नै विभिन्न समय र परिस्थितिमा महत्पूर्ण भूमिका निर्वाह गर्दै अनादिकालदेखी रहँदै आएको मुख्य जाति हो । आफ्नो स्वार्थको भन्दा पनि विशेष अरुको लागि पौरख र गौरव गर्न सक्ने सक्ने जाति पनि हो । 

जसले सदियों कालदेखी प्रकृतिको कोटीकोटी खानीलाई पुज्दै आएको भूमिपुत्र हो भन्दा अन्युक्ति नहोला । यसको मतलब यो हैन कि ठकुरीहरूले दमन गरेका छैनन । खास समुदायका खास केही प्रतिक्रियावादी शाहिमात्रै सत्तामा रहने यर्थाथता हामीले पनि नकार्न सक्दैनौ ।

राष्ट्रिय एकताको प्रतिक पृथ्वी नारायण शाह र हाम्रा गाँउका शेर बहादर शाही एउटै खानदानक होईनन । तर पनि किन हाम्रो पूर्खालाई सामन्ती भने ? नेपालको मौलिक धर्मको संरक्षक, स्वाधिन र सार्वभौम राष्ट्रको राष्ट्रियताको पैरवीका लागि कुटनितिक पहल गर्ने, आत्मसम्मान र स्वाभिमानको लागि सर्वस्व त्याग गर्न सक्ने साहसी ठकुरी समुदाय किन अपहेलित हुने ? 

हरेक दिन मेरो मानसपटलमा घुम्ने प्रश्न हो यो तर म यसको जवाफ को बाटा पाउने ? ब्रहामण वा जनजाती ? खै मलाई थाहा छैन । म कसरी ठकुरीको कोखमा जन्मिए । मैले मैले शिक्षा पढ्दै गर्दा जनजातिको छोरा साथिले नि एउटा विषय पढेको थियो । उसले ठकुरीलाई सामन्ती भन्न जानी सक्यो तर म आफू सामन्त भएको स्विकार्न सकिराखेको छैन । हो मैले पटक पटक यसरी ठुकुरीको तक्मा भिरेको छु । कहिलेसम्म हामीले एकअर्काको अस्तित्व स्विकार्न नसक्ने ? यहि प्रश्न म हरेक दिन ऐना अगाडी उभिएर आफैलाई सोध्ने गर्दछु । केही ठकुरीहरू सत्तामा पुगेका छन । सबै ठकुरीहरूले सत्ताको सिडी चडेका छैनन् । तथापी यहाँ अहिले पनि भ्रमको खेति छरिदै छ । कि मानौ ठकुरीहरू वर्षौ देखि सामन्ती र शासकिय भूमिकामा थियो र छ । उसलाई दमन र उत्पीडनमा नपारी आफ्नो सत्ता र राजनीति स्थापना नै सम्भव छैन । 

खासगरी जातियताको र क्षेत्रियताको विउ रोप्नेहरू के भन्न पछि पर्दैनन भने ठकुरीलाई लखेटेर मात्रै उनीहरुको पहिचान, समृद्धि, शुसासन स्थापित हुन्छ । नत्र ठकुरीले दमन गरेर वर्षौसम्म राख्ने छन् । अर्को हास्यापद कुरा के पनि छ भने जसले ठकुरीलाइ सत्तोसराप गर्छ उसकै नेतृत्व आर्य मुलको छ । यसरी जनतालाई भ्रममा राख्ने र आफू सत्ताको मोजमस्तीमा रम्ने सामन्ति चाह भएको केही मान्छे यसरी जुरमुराएका छन् । समाज विकास रुपान्तरणका क्रममा विभिन्न आन्दोलन भए । युद्ध भए । हजारौं हजारले बलिदानी दिए । शिरका सिन्दुर पुछिए । हजारौ घरबार विहिन भए । हजारौका कोख रित्तिय । मर्ने र मार्ने सबै जातिका थिए । यो हेक्का रहोस् रंग बदल्नेहरु हो । रुपातरण सबै जातजातिको भयो । तर सत्तामा उहि पुग्यो जसले पूँजी र शक्ति सञ्चय गरेको थियो । यो थथार्थ हो । हैन भने पछि छैन भनिदिनुहोला । यसरी सत्तामा कुनै समुदायको थोरै हिस्सा पुग्दैमा पूरै समुदाय पुँजिपति वा सामन्ति भनेर व्याख्या गर्नु कत्तिको न्यायोचित तर्क हो । 

आर्य मूलका केही व्यक्तिले यो मुलुकको सत्ता चलाईरहँदा मेरो हजुरबुवा र बुवाको कोट फाटेको थियो । चुनाव आयो त्यहि समयमा गाँउ डोटीमा नेताहरू भोट माग्न आए । मेरा हजुरवुवा र वुवाले कहिले ती नेतासँग कोट मागेनन । मात्र गाउँको विकास र समृद्धि मागे । तर, सधै विकासे नारा नेताले बनाए । त्यसरी नै म स्थानिय निकायको चुनावको उम्मेदवारी दिँदै गर्दा नोट हैन, भोट मागेको थिए । गाउँमा विकासे नारामात्र आउँदैन नोट समकालिन समाज रुपान्तरण गर्ने अभियान पनि आउँ भन्दा खिसिटेउरी गरे । त्यो संकल्प ठकुरीका लागि मात्रै थिएन । समग्र सबै जातजाति र समुदायका लागि थियो । तर, त्यो समयमा ती राजनीतिक दलका नेता कुनै ठकुरी समुदायका थिएनन् । तर मेरा हजुरबुवा र बुबाले उनैलाई भोट हाले । किनकी हजुरबुवालाई बोध रहेछ की राजनीतिमा कुनै जात हुदैन, रंग हुदैन । तर, विडम्बना चुनाव जितेसंगै जातियताको नारा यसरी उचालियो कि मेरा हजुरबुवाले लगाएको फाँटेको प्वालले ती नेताहरूलाई नै गिज्याएको भान हुन थाल्यो । ठकुरी हुनुनै अभिशाप रह्यो । कसैले चाहेर पनि ठकुरीको कोखमा जन्मने छैन भन्ने कुराको समेत ख्याल नगरी हामीलाई जवरजस्ती नश्लवादको सामन्ती बनाइयो । मानौ कि हाम्रो शरिरमा बगेको रगत र अन्य जातिको रगत मै भिन्नता छ । त्यसैले हामीलाई उनिहरूको हेर्ने दृष्टीकोण शंक्रिण छ । खराव मानसिकता बोकेर जातियताको बिउ रोपि कि मानौ मानव जातिकै इतिहास नै ठकुरीले गायव पारेको छ । तसर्थ जसलाई जे भन्न मन लाग्छ भन्ने छुट छ तर ठकुरीको आफ्नो अस्तित्व जोगाउने छट छैन । कुनैपनि शिद्धान्तबाद तन्त्र हुन्  । के के आवश्यक छ त्यो ठकुरीको पहाड़ीवाद थप्नेहरुलाई याद छैन कि ति त भ्रमको खेति गरेर आफ्नो समुदायको मालिक बन्न चाहिरहेका छन् ।

हो हाम्रो समुदायमा केही प्रतिशत मान्छे राज्यको मूलधारमा हिजो थिए । तिनले दमन गरे होलान तर त्यो दमन अत्याचार र उत्पिडन सर्वहारा दैनिकी गरेर चुलो बाल्ने ठकुरीले पनि नभोगेको हैन । संसारमा सबैभन्दा दमन त त्यही हो । जो गरिव छ । जनजातीका धेरै मान्छे अहिले मूलधारको राजनीति गर्दैछन् तर एकै गाँउका सर्वहारा जिवन वितित गर्दै बसिरहेका निमुखा, सोझासाँझाm श्रमजीवि, जनजातीको जिवनस्तर उकासिएको हामीलाई थाहा छ की ? राज्यको मुख्य तहमा पुग्नेहरू सधै पद र प्रतिष्ठाका लागि भ्रमको खेति गर्ने गर्दछन् । हामी यहि भ्रमलाई वास्तविक भन्दै एक आपसमा लडिरहेका छौं । हाम्रो लडाईले तिनिहरुको कुर्सि जोगिएको छ । सामाजिक कुसंस्कार अन्त्य गर्ने ठाउँमा उल्टै थपिएको छ । यसरी लादिएको नयाँ कुसंस्कार रहेसम्म समाज समुन्नत हुन सक्दैन । हामीले सोचेको समृद्धि हाम्रो पालामा त आउने परै जावस देशको अस्तित्व समेत धरापमा पर्ने छ । त्यसैले मेरो संस्कृति जोगाउन तिमि पनि लाग । आपसी समझदारी मैं समस्या समाधान गरौं । केहीगरी मेरो जातिले तिम्रो अपमान गर्यो भने म तयार छु मेरो जनै फाल्न तर, कदापी तयार छैन । म हाम्रो मित्रता टुटाउन तिम्रो अद्धिसर । म पनि मान्छु यदि तिमिलाई मान्य छ भने तिमि पनि मान मेरो चाड तर जवरजस्ती छैन । हो हामीले हाम्रो पहिचानमा सह–अस्तित्व स्वीकारेको भने एकदिन न त तिम्रो लोसार, ईद रहने छ, न त मेरो दशैँ । न तिम्रो पहिरन । न त मेरो पहिचान । त्यसैले आउ हातमा हात मिलाउँदै बनाउनु छ हाम्रो देश । चार वर्ण छब्बिस जातको फूलवारी चिनाउनु छ विश्वलाई भगवान गौतम बुद्ध र सगरमाथाको देश शान्ति क्षेत्र भनेर हामी आपसमा लडेर कसैको अपमान नगरौं । अनि शिर ननिहुराई सगरमाथाको पनि कहिलेसम्म हात पसार्ने । पराईतिर तिमी ढुङ्गा, म काठ ब्याउँछु । बनाउँं सपनाको महल । एक अर्काको कामप्रति सधैं सम्मान गरौं । नखाउ पराई देशको पसिना पौरखी हातहरू लम्काउँ । तिमि माक्र्सवाद, माओवाद, लेनिनवाद मान्छौ भने मान तर मलाई पनि छट् छ सम्बद्र्धनबाद । नवउदारबाद र समाजवाद नेपालवाद मान तर इतिहासले हामीलाई छुट दिएको छैन । नेपालवाद मान्न अनेकतामा एकता, एकतामा हार्दिकता समुन्नत समाज निर्माणमा हामी सबैको प्रतिवद्धता हुनुपर्छ ।

लेखकः राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता हुन् ।