दीपक मनाङेले एक्सन फिल्म ‘कंगारु’ निर्माण गर्ने

दीपक मनाङेले एक्सन फिल्म ‘कंगारु’ निर्माण गर्ने

काठमाडौं । फिल्म निर्माता तथा नेकपा एकीकृत समाजवादीका नेता राजीव गुरुङ ‘दीपक मनाङे’ले मंगलबार नयाँ फिल्मको घोषणा गरेका छन् । फिल्म ‘कंगारु’लाई सम्राट बस्नेतले निर्देशन गर्ने भनिएको छ । अष्ट्रेलिया र नेपालमा समेत छायांकन हुने फिल्मबारे विस्तृत उल्लेख छैन ।

फिल्म घोषणाबारे जारी वक्तव्यमा मनाङेलाई निर्माताको रुपमा चिनाइएको छ । मनाङले यसअघि पोइ पर्‍यो काले, दुई नम्बरी फिल्म निर्माण गरेका छन् । ‘कंगारु’पछि सविन श्रेष्ठलाई लिएर ‘बाघचाल’ बनाउने उनको तयारी छ ।

‘कंगारु’लाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो । फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्म्ससँग आस्याप इन्टरटेनमेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा र धनबहादुर गुरुङको लगानी रहनेछ ।

फिल्मको सहनिर्मातमा रोनिशबहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टीका भण्डारी र सन्तोष अधिकारी ९अष्ट्रेलिया० कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्युसरमा आस्याप इन्टरटेनमेन्ट ९अष्ट्रेलिया० छ । फिल्ममा सीमा गुरुङको कथा र महेश दवाडीको पटकथा छ ।