सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ ।

महासंघकाअनुसार आजका लागि सुनको मूल्य तोलामा एक लाख १६ हजार ३००, तेजावी सुनको मूल्य एक लाख १५ हजार ७५० रुपैयाँ तोकिएको छ ।

बिहीबार एक लाख १६ हजार ५०० रुपैयाँमा छापावाल सुन र एक लाख १५ हजार ९५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै, हिजो एक हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर एक हजार ४५० रुपैयाँ कायम भएको छ ।