बेहडाबाबा मन्दिरलाई विश्वप्रसिद्ध सूचिमा राख्न पुरातात्व विभागको तयारी

बेहडाबाबा मन्दिरलाई विश्वप्रसिद्ध सूचिमा राख्न पुरातात्व विभागको तयारी

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरलाई विश्वप्रसिद्ध सूचिमा राख्न पुरातात्व विभागले तयारी गरेको छ ।

मन्दिरलाई व्यवस्थित र त्यसको धार्मीक महत्व सहितको आस्था बनाउने उद्देश्यले विश्वसम्पदाको सुचीमा राख्ने अभियान अर्न्तगत विभागले अध्ययन शुरु गरेको हो ।

शनिबार पुरातत्व विभागको ईन्जिनियर केशब शर्माको टोलीले त्यसको प्रारम्भीक अध्यन गरेको छ ।
शनिबार ईन्जिनियर शर्मा सहित धनगढी उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख नृपबहादुर वड, मन्दिर समितिका अध्यक्ष पदमराज जोशी र स्थानियको रहोबरमा त्यसको अध्ययन गरिरहेको छ ।

मन्दिरलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकीयस्थल बनाउन व्यवस्थित गरिन लागेको जनाइएको छ । मन्दिरमा रहेका पूरातात्विक सम्पदा र पुजापाठ स्थललाई असर नपर्ने गरी मन्दिरलाई थप व्यवस्थित गरिने लागिएको मन्दिरका अध्यक्ष पदमराज जोशीले बताए ।

धनगढीको धार्मीक पर्यटनको गन्तव्य बनाउन पहल गरिएकोले सोही अनुरुप बिकास अगाडी बढाउन लगिएको धनगढी उपमहानगरपालिकाका निर्वतमान मेयर नृपबहादुर वडले बताएका छन् । आफु २०७४मा मेयरमा निर्वाचित भएपछि बेहेडाबाबालाई बिकास गर्ने लक्ष्य लिएका थियौ मेयर वडले भने । आफु अहिले मेयर नभएपनि बेहेडाबाबाका लागि अहिले पनि लागि रहेको वडले बताए ।

‘सुदूरपश्चिम प्रदेश र भारतीय धर्मावलम्बीहरुको धरोहर रहेको सो धार्मिकस्थलमा संरक्षणहरु थपिने छ’ उनले भने ‘मन्दिरमा अब चार वटा मूल ढोका राखिने छ भने पर्खाल, मूर्ति राख्नेलगायतका काम गरिने छ ।’ अहिलेसम्म प्रदेश र भारतका केही स्थानको प्रसिद्ध धार्मिकस्थल रहेको सो मन्दिरमा नयाँ संरचना निर्माण गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकलाई आकर्षण विन्दु बनाइने निर्वतमान मेयर वडले बताएका छन् ।

अहिले यसको स्टमेट र मन्दिरको पुरानो संरचना 
ंअबस्थाको अध्ययन गरिने पुरातत्व विभागको ईन्जिनियर केशब शर्माको टोलीले बताए । यसको बिस्तृत अध्ययन रिपोर्ट बनेर बिभागको टोली आएर अनुगमन गरेपछि त्यही अनुसार कार्य अगाडी बढाईने बताए । अहिले टोलीले त्यसको प्रारम्भीक अध्यन गरेको छ । बेहडाबाबा मन्दिरलाई व्यवस्थित बनाइएमा उपमहानगरपालिकामा पर्यटकहरुको केन्द्रविन्दु बन्ने विश्वास व्यक्त गरिएको छ ।