‘बलिदान’मा विराजको माग, तर गर्दैछन् आफ्नै फिल्मको तयारी

‘बलिदान’मा विराजको माग, तर गर्दैछन् आफ्नै फिल्मको तयारी

निर्माता तथा निर्देशक सन्तोष सेनले बनाउन लागेको नयाँ फिल्म ‘बलिदान’मा नायक सौगात मल्ल फाइनल भइसकेका छन् । फिल्मका लागि अझै केही कलाकार फाइनल गर्न बाँकी छ ।

फिल्मको प्रि टिजर सार्वजनिक भएसँगै विभिन्न कलाकारहरूलाई राख्न दर्शकहरुले सुझाव दिइरहेका छन् । यसमा सबै भन्दा अगाडि नायक विराज भट्टको नाम आएको छ । 

दर्शकले विराजको नाममा सुझाव दिए पनि निर्माणपक्षले उनीसँग कुनै कुराकानी भने गरेको छैन । विशेषगरि, तराइ र पहाडको कथामा तयार हुन लागेको यो फिल्मले एक युग नायक जन्माउने अपेक्षा गरिएको छ । 

फिल्मको कथामा विराज निकै सुहाउने भन्दै दर्शकले प्रतिक्रिया दिइरहेका छन् । तर, नायक विराज भट्ट भने आफ्नै होम प्रोडक्शनको फिल्मको तयारी गरिरहेका छन् । फिल्म ‘साङ्लो’ निर्देशन गरेका भट्टले नयाँ फिल्म बनाउने तयारी गरिरहेको वुझिएको छ ।

स्रोतका अनुसार, विराज यो फिल्मबाट आफ्नै छोरालाई फिल्म क्षेत्रमा डेब्यू गराउने तयारीमा छन् । तर, उनले आन्तरिक तयारीको विषयमा पनि केही बोलेका छैनन् । 

विराजको क्रेज भोजपुरी फिल्म क्षेत्रमा उच्च छ । यदि, सन्तोषले उनलाई ‘बलिदान’मा अनुबन्धित गरे भने, भोजपुरी फिल्म नगरीमा व्यापारको बाटो खुल्नेछ । सन्तोष भने पौष महिनाबाट फिल्मको छायांकन सुरु गर्ने गरि आन्तरिक तयारीमा छन् ।