डीप-फेक भिडियोबारे रश्मिकाले भनिन्– म युवतीहरुलाई आग्रह गर्न चाहन्छु चुप नलाग्नुस्

डीप-फेक भिडियोबारे रश्मिकाले भनिन्– म युवतीहरुलाई आग्रह गर्न चाहन्छु चुप नलाग्नुस्

 

काठमाडौं । भारतीय अभिनेत्री रश्मिका मन्दानाले आफ्नो भाइरल भएको डीप–फेक भिडियोलाई प्रतिक्रिया दिएकी छन् । शुक्रबार प्रदर्शन तयारीमा रहेको आफू अभिनित ‘एनिमल’लाई भारतको हैदराबादमा आयोजित प्रवर्द्धन इभेन्टले यसबारे बोलेकी हुन् ।

उनले युवतीलाई डीप फेकबाट सचेत रहन आग्रह गरिन् । यस्ता घटना सामान्य नभएकाले यसविरुद्ध सबैले आवाज उठाउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा उनलाई डीप–फेक भिडियोबारे प्रश्न गरिएको थियो । जवाफमा उनले भनिन्, ‘दक्षिणदेखि उत्तरी फिल्म उद्योगसम्मका मान्छे कतिपय मेरो समर्थनमा आए । यसले मलाई महसुस गरायो कि यसलाई सामान्य रुपमा लिनुहुँदैन । मानिसको समर्थनमा मैले सुरक्षित महसुस गरिरहेकी छु ।’

‘त्यसैले म हरेक केटीलाई भन्न चाहन्छु कि यो सामान्य होइन । जब कुनै कुराले तपाईलाई गहिरो असर गर्छ, तपाईं चुप लागेर बस्नु हुँदैन । जब तपाईं आफ्नो लागि उभिनुहुन्छ, मानिसले पनि तपाईंलाई समर्थन गर्छन् । हामी जहाँ बस्छौं यो एक अद्भूत देश हो,’ उनले भनिन् ।


सामाजिक सञ्जालमा हुने ट्रोलिङलाई कसरी व्यवस्थापन गर्ने भनेर रश्मिकालाई सोध्दा उनको जवाफ थियो,  ‘मलाई धेरै सपोर्ट मिलेको छ । म विश्वास गर्छु कि कुनै पनि अभिनेता, क्रिकेटर वा सार्वजनिक व्यक्तित्व मा निर्भर गर्दछ कि उक्त ट्रोललाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा ।’

नोभेम्बरको सुरुमा रश्मिकाको एउटा डीप(फेक भिडियो भाइरल भएको थियो । उक्त भिडियोमा एआई उपकरण प्रयोग गरेर रश्मिकाको अनुहारलाई इन्फ्लुएन्सर जारा पटेलको शरीरमा जोडिएको थियो । भिडियो यति स्पष्ट रूपमा डिपफेक थियो कि यसलाई हेरेपछि सबैलाई धोका भएको महसुस भयो ।

रश्मिकाको डीप–फेक भिडियो भाइरल भएपछि दिल्ली प्रहरीले उजुरी दर्ता गरेको छ । यससँगै प्रहरीले मेटा कम्पनी ९फेसबुक–इन्स्टाग्राम०सँग अभिनेत्रीसँग सेयर गरिएको युआरएलको लोकेटेर समेत मागेको छ ।

रश्मिकापछि काजोल र आलिया भट्ट पनि डीप–फेकको शिकार बने । काजोलको कपडा फेरेको डीप–फेक भिडियो भाइरल भएको छ । यसपछि कट्रिना कैफको फिल्म टाइगर ३ को एउटा तस्वीर सार्वजनिक भएको थियो जसमा छेडछाड भएको थियो ।

डीप-फेक एक हिसाबले नक्कली भिडियो हो, यद्यपि यसमा अनुहार, आवाज वा अभिव्यक्तिलाई एआई उपकरण प्रयोग गरेर यति सूक्ष्म रूपमा परिवर्तन गरिन्छ कि वास्तविक र नक्कली छुट्याउन गाह्रो हुन्छ । एआई (आर्टिफिसियल इन्टेलिजेन्स) उपकरणको आगमनसँगै डीप–फेक भिडियोको घटना बढेको छ, किनभने यी उपकरणमार्फत भिडियो सजिलै सम्पादन गर्न सकिन्छ ।