सुदूरपश्चिममा स्कुल स्तरीय क्रिकेट लिग हुने

सुदूरपश्चिममा स्कुल स्तरीय क्रिकेट लिग हुने

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा असार दोस्रो साताबाट सुदूरपश्चिम स्कुल क्रिकेट लिग हुने भएको छ । स्टार प्रोडक्सनको आयोजनामा हुने प्रतियोगितामा कञ्चनपुर तथा कैलालीका ३२ विद्यालयले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा कक्षा १० सम्म निरन्तर अध्ययन गरिरहेका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा प्रथम हुने टोलीले ५५ हजार रुपैयाँसहित ट्रफी प्रमाणपत्र पाउनेछ ।

त्यस्तै दोस्रो हुने टोलीले २५ हजारसहित ट्रफी प्रमाणपत्र पाउने छ । साथै प्रतियोगिताको विधागत रुपमा उकृष्ट हुने खेलाडीहरुलाई साइकल, क्रिकेट ब्याट, जुत्ता, क्रिकेट झोला प्रदान गरिने आयोजक स्टार प्रोडक्सनले जनाएको छ ।