टी-सिरिजको गीतमा प्रिन्सी, ‘बादल वर्षा बिजुली’को चर्चाबीच आएको थियो प्रस्ताव

टी-सिरिजको गीतमा प्रिन्सी, ‘बादल वर्षा बिजुली’को चर्चाबीच आएको थियो प्रस्ताव

काठमाडौं । टिकटक प्लाटफर्मबाट उदाएकी प्रिन्सी खतिवडा धेरै सुनिने र चिनिने नाम हो । सरकारले टिकटक बन्द गर्नुअघि भाइरल भएको गीत ‘बादल वर्षा बिजुली’को टिकटक भिडियोले उनलाई चर्चा दिलायो ।

यो भिडियोले उनको प्रसिद्धि नेपालभित्र मात्र सीमित गराएन । भारतमा समेत उनको चर्चा चुलियो । यो गीतको व्यापक चर्चाबीच प्रिन्सीले बलिउडको चर्चित म्युजिक कम्पनी टी-सिरिजको एक गीतमा काम गर्ने मौका पाएकी छन् । कम्पनी आफैंले इमेलमार्फत प्रिन्सीलाई प्रस्ताव गरेको थियो । ‘जान देंगे तुम्हे’ बोलको यो गीतलाई बिहीबार टी–सिरिजले आफ्नै च्यानलबाट सार्वजनिक गर्दैछ ।


केरलाको मुनारमा छायांकन भएको यो रोमान्टिक गीतमा प्रिन्सी र लक्ष्य कपुरले अभिनय गरेका छन् । टी–सिरिजले उक्त गीतको पोस्टर सार्वजनिक गरेको छ, जहाँ प्रिन्सी र लक्ष्य रोमान्टिक देखिन्छन् । ‘बादल वर्षा बिजुलीले मलाई नोटिस दिएकै हो । त्यसपछि उहाँहरुले इमेलमार्फत अप्रोच गर्नुभयो,’ प्रिन्सीले अनलाइनखबरसँग भनिन् ।

दुई दिनको छायांकन अवधिमा आफूलाई राम्रो ट्रिटमेन्ट दिएको अनुभव उनले सेयर गरिन् । यसबाहेक टिकटक बन्द भए पनि प्रिन्सी र प्रिज्माले अहिले इन्स्टाग्रामबाट ब्राण्ड इन्डोर्स गर्नेदेखि फ्यानसँग अन्तक्रिया गर्ने गरिरहेका छन् ।