‘एनिमल’ले दई दिनमै गर्‍यो सय करोड पार

‘एनिमल’ले दई दिनमै गर्‍यो सय करोड पार

काठमाडौं । रणवीर कपूर र बबी देओल स्टारर फिल्म ‘एनिमल’ले दई दिनमा १२४.७२ करोड कमाएको छ।

शुक्रबार ६३.८ करोडको ओपनिङ गरेको फिल्मले शनिबार ६०.९२ करोडको व्यापार गरेको छ। सन्दीप रेड्डी वांगा निर्देशित फिल्ममा रणवीर कपुर र रश्मिका मन्डन्ना मुख्य भूमिकामा छन्। 

‘एनिमल’का केही दृश्यहरु सामाजिक सञ्जालमा लगातार ट्रेन्डिङ भइरहेका छन्। रणबीर कपूर र बबी देओलको फाइट सिक्वेन्स सबैभन्दा बढी चर्चामा छन्। 

यसबाहेक रणवीरको अभिनेत्री तृप्ती डुमरीसँगको इन्टिमेट सीन पनि चर्चामा छ। फिल्म एक साताभित्रै २०० करोड क्लबमा प्रवेश गर्ने अनुमान विज्ञहरूले गरेका छन्।