धनगढीमा प्रदेश युवा परिषद् एसईई आइडलका २ अडिसन सम्पन्न

धनगढीमा प्रदेश युवा परिषद् एसईई आइडलका २ अडिसन सम्पन्न

धनगढी । प्रभात मिडिया एण्ड ईभेन्ट प्रालिले हरेक बर्ष आयोजना गर्ने नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय कार्यक्रम एसईई आईडलको तेस्रो संस्कारणका अडिसनहरु सुपका तराइका २ जिल्लामा धमाधम आयोजना हुँदैछन् । यसै क्रममा आज धनगढीका २ विद्यालयमा अडिसनहरु भएका छन् । 

आज धनगढीको मनेहरामा रहेको डिलाइट ईग्लिस बोर्डिङ स्कुल र पुर्नबासको जनकल्याण माध्यमिक विद्यालयमा तेस्रो र भन्सारमा रहेको नवदुर्गा माध्यमिक विद्यालयमा अडिसनहरु भएका छन् ।

विद्यार्थीहरुको फरक क्षमता अभिवृद्धिका लागि अडिसन आयोजना गरिएको कुरा डिलाइट ईग्लिस बोर्डिङ स्कुलमा प्रधानाध्यापक शंकर खनालले बताए । यसै गरि अर्को अडिसन आयोजक नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक राम कुमार चौधरीले पढाइमा बाधा नपुग्ने गरि यस्ता प्रकारका कार्यक्रम निरन्तर रुपले आयोजना हुनुपर्ने कुरामा जोड दिए । 

एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछ । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् ।  यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् ।

असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५–१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशः रु. ५०–५० हजार र रु. २५–२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् । 

थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी  तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ ।

मुख्य प्रबर्द्धकका रुपमा प्रदेश युवा परिषद्, सुप रहेको एसईई आइडल ३ मा रेडिकल यस कार्यक्रममा रेडिकल एकेडेमी लगायतका विभिन्न संघसंस्थाको पनि विशेष सहयोग रहेको छ ।