निर्मला हत्या प्रकरणमा प्रहरी र सरकार चुकेको भन्दै सांसदको आक्रोश

निर्मला हत्या प्रकरणमा प्रहरी र सरकार चुकेको भन्दै सांसदको आक्रोश

धनगढी : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घटनाको अनुसन्धानमा प्रहरी प्रशासन चुकेको भन्दै प्रदेश सभा सदस्यले आक्रोश पोखेका छन । 

सोमवार बसेको प्रदेश सभा बैठकमा विशेष समयमा बोल्ने अधिकाश सांसदले निर्मला हत्या प्रकरणबारे प्रहरी प्रशासन र  प्रदेश सरकारको कडा आलोचना गरेका छन । 

उनीहरुले अनुसन्धानमा लापरवाही हुदा प्रदर्शन चर्कदै गएको र त्यसैमा प्रहरीले दमन गर्दा एक बालकको मृत्यु भएको भन्दै त्यसको पनि निष्पक्ष छानविना हुनुपर्ने माग गरेका छन । 

राष्ट्रिय जनता पार्टीका सांसद कृष्ण कुमार चौधरीले प्रहरी प्रशासन र प्रदेश सरकारले चासो नदेखाउदा एक महिनासम्म पनि निर्मलाको हत्यामा सग्लन अपराधि पक्राउ पर्न नसकेको आरोप लगाउनुभयो । 

उहाँले ढिलै भएपनि सरकारले निर्मला प्रकरणमा चासो देखाएको भन्दै निष्पक्ष छानविन हुनुपर्ने माग गर्नुभयो । 

निर्मला हत्या प्रकरणमा राजनीतिकरण गर्न नहुने भन्दै सांसदहरुले अनुसन्धामा ढिलाई गर्ने र शान्तिपूर्ण आन्दोलनमा गोली चलाउने प्रहरी अधिकारीमाथि पनि कारवाही गर्न माग गरेका छन । 

सार्वजनिक पद र ओहदामा बसेर घटनालाई मोडन खोज्ने र  पदको दुरुपयोग गर्नेलाई कडा कारवाही हुनुपर्ने प्रदेश सभा सदस्य महेशदत्त जोशीले माग गर्नुभयो । 

घटनाको सत्यतथ्य छानविन गरि पिडितलाई न्याय र दोषीलाई कारवाही गर्नुपर्ने दायित्व बोकेका प्हरी अधिकारीहरुले नै घटनामा सग्लनलाई उन्मुक्ति दिनका लागि निर्दोष व्यक्तिलाई अपराधि बनाउनु खोज्नु दुखत भएको बताएका छन । 

सोमवारको प्रदेश सभा बैठकको विशेष समयमा उठेका प्रश्नको जवाफ दिदै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले निर्मला पन्तको जस्ता घटनाको अन्त्यका लागि प्रदेश सरकार लागिरहेको बताउनुभयो । 

उहाँले केही महिनादेखि प्रदेशमा जघन्य अपराधका घटना बढीरहेको भन्दै त्यस्ता अपराधमा सग्लनलाई कानुनको कटघेरामा उभ्याउदै पिडित परिवारलाई न्यान दिनमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । 

सरकारको प्रतिपक्षीद्धारा आलोचना

बलात्कारपछि हत्या गरिएका घटनामा सग्लनलाई कडा कारवाही हुनुपर्ने माग जोडतोडका साथ उठाएको प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले डल्लो बजेटबारे पनि सरकारको ध्यानाकर्षण गराएको छ । 

सरकारले चालु आर्थिक वर्ष २०७५÷७६ को बजेटमा शिर्षक नछुट्याएर करिव ५ अर्व बजेट ल्याएको थियो । उक्त बजेटलाई प्रतिपक्षी दलले डल्लो बजेटको सज्ञा दिएका छन ।

बजेट ल्याएको साढे दुई महिना पुग्नै लाग्दा पनि डल्लो बजेट बाडफाड नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका ससदीय दलका नेता डा. रण बहादुर रावलले आक्रोश पोख्नुभयो । 

त्यस्तै, प्रदेश सभा बैठकमा पं्रतिपक्षी दलका सांसदहरुले सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाएका छन । उनीहरुले बजेट कार्यान्वयनको कार्यविधि र योजना नबनाईएको भन्दै सरकारको आलोचना गरेका छन । 

प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका ससदीय दलका नेता डा. रण बहादुर रावलले संसदमा सांसदले उठाएका विषयमा सरकारले जवाफ नदिगे गरेको भन्दै सरकारको विरोध गर्नुभयो । 

दुई विधेयक समितिमा

सोमवारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले कर तथा गैर कर, राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले मुख्यमन्त्री तथा मन्त्रीको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव पेश गर्नुभएको थियो । 

दुवै विधेयकलाई अर्थ विकाश तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफलका लागि पठाईएको छ ।