कोप-२८ मा सहभागि हुन मिस नेपाल वर्ल्ड सृच्छा प्रधान दुबईमा

कोप-२८ मा सहभागि हुन मिस नेपाल वर्ल्ड सृच्छा प्रधान दुबईमा

काठमाडौं । अहिले दुबईमा राष्ट्रसंघीय जलवायु सम्मेलन ९कोप २८० जारी छ । मिस नेपाल सृच्छा प्रधान पनि उक्त सम्मेलनका लागि त्यहाँ छिन् । वातावरणकी विद्यार्थी समेत रहेकी उनले नेपाल पेभेलियनमा भैरहेका छलफलमा भाग लिइरहेकी छिन् ।

इन्स्टाग्रामामर्फत सृच्छाले कोप(२८ सम्मेलनको क्रमका ताजा तस्वीर र भिडियो सार्वजनिक गरेकी छन् । जहाँ, उनले मिस नेपालको तर्फबाट नेपालले भोग्नुपरेका चुनौति र समस्या समाधानबारे कुरा गरिरहेको देख्न सकिन्छ । द हिडन ट्रेजरका अनुसार सम्मेलन चलुञ्जेल सृच्छा दुबईमा हुनेछिन् ।


उनले कोप सम्मेलनमा आफ्नो रुचि बहुप्रजातिको न्याय, समुदाय केन्द्रित क्लाइमेट एक्सन र उद्यमशिलता रहेको उल्लेख गरेकी छन् । ‘साथै म युवा हुनुको नाताले मैले के विश्वास गर्नुपर्छ र आजको मिस नेपालले के सिक्नुपर्छ भन्ने कुरा सिक्न म खुला छु’ इन्स्टाग्राम वक्तव्यमा सृच्छाले भनेकी छन्, ‘हामीसँग समय कम छ तर, यसले हामीलाई एक हुन मौका प्रदान गरेको छु ।’

उनले कोप सम्मेलनको क्रममा आफू छलफल सत्रमा सहभागि हुने उल्लेख गरेकी छन् । यो महत्वपूर्ण संवादमा मान्छेलाई निकट ल्याउनेबारे आफू सक्रिय रहेको भन्दै उनले यसमा आफूलाई मद्दत गर्न आग्रह गरेकी छन् । यसैबीच, मिस अर्थको प्रतिस्पर्धाका लागि मिस नेपाल अर्थ रेना मजगैयाँ यतिबेला भियतनाममा छिन् ।