प्रधानमन्त्री दाहाल धनगढीमा

प्रधानमन्त्री दाहाल धनगढीमा

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड धनगढी पुगेका छन् ।

कैलाली उद्योग वाणिज्यले आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सवको समुदघाटन र पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागि हुन शुक्रबार विहान प्रधानमन्त्री प्रचण्ड धनगढी पुगेका हुन् । 

प्रधानमन्त्री दाहाल शुक्रबार ११ बजे कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ घसेटीमा हुने पार्टी प्रशिक्षण तथा जन–भेटघाट कार्यक्रममा सहभागि हुने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

सो पश्चात प्रधानमन्त्री दाहालले साढे १२ बजे कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने जनाइएको छ ।

प्रधामन्त्री दाहालले शुक्रबार बिहान धनगढी विमानस्थलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीका बुवासँग पनि भेटघाट गरेका छन् । भेटमा दाहालले विपीनको रिहाइका लागि आफूले प्रयास गरिरहेको बताएका थिए ।