प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध, नेपालमा प्याजको भाउ बढ्ने

प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध, नेपालमा प्याजको भाउ बढ्ने

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले आजदेखि लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।

भारतले एक सूचना जारी गर्दै विदेश व्यापार ऐन र नीति अन्तर्गत रहेर आगामी चैत १८ गतेसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको भाउ बढ्ने भएको छ ।