पारस निर्माण कम्पनि एक वर्षका लागि कालोसूचिमा

पारस निर्माण कम्पनि एक वर्षका लागि कालोसूचिमा

धनगढी । बझाङको सुर्मा सैपाल गाउँपालिका वडा नम्बर ४ स्थित पारस निर्माण सेवा कम्पनिलाई सरकारले कालोसूचिमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय मातहत रहेको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले समयमै काम नगरेको भन्दै सो कम्पनिलाई कालोसूचिमा राखेको हो ।

पूर्वाधार विकास कार्यालय मातहातका तिन वटा योजनाको समयमै काम सम्पन्न नगरेको भन्दै कार्यालयले एक वर्षका लागि कालोसूचिमा राखेको जनाइएको छ ।

कार्यालयले सो निर्माण कम्पनिसहित ११ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै यी १२ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ। ती कम्पनीहरु एकदेखि तीन वर्षसम्म कालोसूचीमा परेका छन्।

कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुमा गोलबजार सिरहाको आदर्श कन्स्ट्रक्सन कम्पनी, पोखरा महानगरपालिका–८ कास्कीको त्रिवेणी निर्माण सेवा, नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवा, पाँचथरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, बाँकेकै भावेश कन्स्ट्रक्सन, काठमाडौं, टेकुको ऊर्जा–कृशभ मस्ट जेभी छन्।

सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार– सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ।

कालोसूचीमा पर्ने निर्माण व्यवसायी–आपूर्तिकर्ताहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पिन खरद कारबाहीमा भाग लिन नसक्ने सूचनामा जनाइएको छ।