धनगढीमा रबर बेन्ड उद्योग

धनगढीमा रबर बेन्ड उद्योग

धनगढी । कैलालीको धनगढीमा रबर बेन्ड उद्योग सञ्चालनमा आएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर ५ गेटामा कनकाई रबर उद्योग आइतबारदेखि सञ्चालनमा आएको हो ।

सकुन्तला कुँवर र शिला देवीको संयूत्त लगानीमा उद्योग सञ्चालन भएको जनाइएको छ । रबर उद्योगको औपचारिक उद्घाटन उनकी आमा समाजसेवी महेश्वरी देवी कठायतले रिबन काटेर समुदघाटन गरेकी छिन् । 

करोडको लगानीमा स्थापित उद्योगले पाँच जना महिलालाई स्वरोजगार बनाएको जनाइएको छ । सन्चालक सकुन्तला कुवरका अनुसार आगामी दिनहरुमा ब्यापार बढ्दै गए थप रोजगार सृजना हुने छ । महिला दिदि बहिनिहरुको टाउकोमा बाँध्ने सरबर बलियो, सस्तो र सबै प्रकारका रबर उत्पदन गर्ने उनले बताईन् ।  धनगढी र अतरीया बजारलाई मध्यनजर गरेर सो व्यवसाय सञ्चालनमा ल्याएको उनको भनाई छ ।