आज पुष्कल शर्मा, टेक बीसी र नरेश जोशीको प्रस्तुती

आज पुष्कल शर्मा, टेक बीसी र नरेश जोशीको प्रस्तुती

धनगढी। सुदूरपश्चिम महोत्सवको चौथो दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने भएको छ। आज सोमवार चर्चित लोकदोहोरी गायक पुष्कल शर्मा, टेक बीसी र नरेश जोशी आउने कार्यक्रम संयोजक मिलन कुँवरले बताए ।

त्यसैगरी कार्यक्रम उद्घोषण गायीका मञ्जु पौडेल रहने र स्थानीय कलाकार पुष्पा बडैला,संगीता शाह लगायतको समेत विशेष प्रस्तुती रहने संयोजक कुँवरले जानकारी दिए । मंसिर २२ गतेबाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ।

यस बर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रर्दशनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आर्कषण रहेका छन्।