‘प्रेगनेन्सी फोटोसुट’मा रोमान्टिक रेखा दम्पती (तस्वीर)

‘प्रेगनेन्सी फोटोसुट’मा रोमान्टिक रेखा दम्पती (तस्वीर)

काठमाडौं । अभिनेत्री रेखा थापाको ‘प्रेगनेन्सी फोटोसुट’का रोमान्टिक तस्वीर सार्वजनिक भएका छन् । यी तस्वीरमा रेखा र उनका श्रीमान् बलराम शाही प्रफुल्ल मूडमा देखिएका छन् ।

बुधबार राति अमेरिका उड्नुअघि रेखा दम्पतीले यी तस्वीर काठमाडौंमा खिचाएका थिए । तस्वीरमा रेखाको पहिरन आकर्षक देखिन्छ । सेतो सारीमा कालो रङका पुतली र शिशु आकार बुनिएको छ । उनले शिरमा क्राउन लगाएकी छन् ।

रेखा अहिले ‘बेबी प्लान’सहित अमेरिका लागेकी छन् । बुधबार काठमाडौंदेखि दोहा ट्रान्जिट हुँदै उनी अमेरिकाको सियाटल अवतरण भएकी हुन् । त्यहाँ रेखाको श्रीमानको परिवार बसोबास गर्दै आएको छ ।

रेखाको गर्भमा अहिले सात महिनाको शिशु हुर्किरहेको छ । माघ अन्त्य वा फागुन पहिलो सातालाई उनको डेलिभरी डेट तोकिएको छ । पाँच महिनाको गर्भवती हुँदा रेखाले फिल्म ‘उपहार’ छायांकन गरेकी थिइन् ।