कस्टमर केयर सम्बन्धी पाँच दिने तालिम सम्पन्न

कस्टमर केयर सम्बन्धी पाँच दिने तालिम सम्पन्न

धनगढी । कस्टमर केयर सम्बन्धी पाँच दिने तालिम धनगढीमा सम्पन्न भएको छ ।

नेपाल टुर एण्ड ट्राभल्स एशोसियनसन (नाटा)को आयोजनामा हस्पिटालिटी क्षेत्रमा कार्यरत कर्मचारी तथा सञ्चालकको क्षमता अभिवृद्धि गर्न पाँच दिने तालिम सम्पन्न भएको हो ।

नाटाका अध्यक्ष पदम विक्रम सिंहको अध्यक्षतामा भएको तालिममा उद्योग, पर्यटन, वन तथा वातावरण सचिव जिवनाथ पौडेलको प्रमुख आतिथ्यमा तालिम सम्पन्न गरिएको थियो ।

होटल तथा पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी तथा सञ्चालकको सहभागितामा तालिम गरिएको अध्यक्ष सिंहले बताए । उनका अनुसार सो तालिममा ३० जनाको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षक पुजा डंगोलले पर्यटन तथा होटल क्षेत्रमा आतिथ्यको स्वागत, सम्मान तथा थप ग्राहकलाई सन्तुष्ट बनाउन सकिन्छ लगायतका विषयमा प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रममा पर्यटन बोर्डका प्रबन्धक केवी खडका विक्रम शाहको पनि सहभागिता रहेको थियो । नाटा उपाध्यक्ष धन्नज्य जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव शिवहरी पाण्डेले गरेका थिए ।

नाटाले पर्यटन प्रवद्र्धनका लागि टुर, अन्तरक्रिया, बहस, तालिम लगायतका गतिविधि गर्दै आएको छ ।