सुदूरपश्चिम महोत्सवमा आज अस्मिता अधिकारी, रुप मगर, प्रकाश थापाको प्रस्तुति रहने

सुदूरपश्चिम महोत्सवमा आज अस्मिता अधिकारी, रुप मगर, प्रकाश थापाको प्रस्तुति रहने

धनगढी। सुदूरपश्चिम महोत्सवको छैंटौँ दिन बुधवार चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ। आज बुधवार चर्चित लोक गायीका अस्मिता अधिकारी र रुप मगर देउडा गाएक प्रकाश थापा, रुबिना अधिकारी र हिमाल सगर आउने महोत्सव संयोजक मिलन कुँवरले वताए।

कार्यक्रममा स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने संयोजक कुँवरले जानकारी दिए। मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ। यस वर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रदर्शनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन्।

महोत्सवको टिकट मोबाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ। महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ।