नेपाली टोलीले ताइपेईको सामना गर्दै

नेपाली टोलीले ताइपेईको सामना गर्दै

नेपाली राष्ट्रिय फुटबल आज मैत्रीपूर्ण खेलमा ताइपेईको सामना गर्दैछ । ताइवानस्थित काओसिङ रंगशालामा हुने उक्त खेल नेपाली समयअनुसार ४ः४५ मा सुरु हुने तालिका रहेको छ ।

फिफा विश्वकप छनौट प्रतियोगिता र एफसी एसियाली छनौट प्रतियोगिताको तयारी स्वरुप नेपालले यसअघि मलेसियासँग खेलेको थियो ।  एफसीको छनौट प्रतियोगिता आगामी सेप्टेम्बर महिनामा हुने बताइएको छ ।

नेपालको लागि नयाँ प्रशिक्षकको रुपमा स्वीडेनका योहान कलिन आएदेखि नेपालले ३ वटा खेल खेलिसकेको छ । कुवेत विरुद्ध दुई र मलेसियासँग १ खेल खेलेको नेपाली टोलीले गोल भने गर्न सकेको छैन । स्टार खेलाडीद्वय भरत खवास र बिमल गुरुङ घाइते भएकोले पनि स्ट्राइकरको समस्यामा नेपाल रहेको छ ।

फिफा वरीयतामा ताइपेर्इ १ सय २५ औं स्थानमा छ भने नेपाल  १ सय ६१ औं स्थानमा रहेको छ । सोही कारण आज नेपालको लागि कठिन प्रतिस्पर्धा रहेको बताइन्छ । यद्यपी प्रशिक्षक कलिनले भने नेपाली टोली विरुद्ध गोल गर्न सहज नहुने बताएका छन् ।