पेट्रोलको मुल्य एक रुपैयाँ घट्यो

पेट्रोलको मुल्य एक रुपैयाँ घट्यो

आयल निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ । अन्तराष्ट्रिय बजारमा मूल्य घटेपछि निगमले गतराती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य घटाएको हो ।

डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने निगमले यथावत् राखेको छ । भारतीय आयल निगम आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ घटाईएको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिनुभयो । पेट्रोलको मूल्य अवदेखि प्रतिलिटर १ सय १० रुपैयाँ कायम भएको छ ।

आयल निगम नोक्सानमा गएपछि २०७१ असोजबाट स्वचालित मुल्य प्रणाली लागू गरिएको हो । अर्थमन्त्री युवराज खतिवडाले आगामी बजेटमा सडक बनाउने नाममा पेट्रोल र डिजेलमा प्रतिलिटर १ रुपैयाँ थप शुल्क लिने निर्णय गर्नुभएको थियो । लगत्तै निगमले मूल्य समायोजन गरेर पेट्रोल, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसाका दरले मुल्य वढाएको थियो । आईओसीले १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।