जव ग्लोबल बैंकले भाडामा बस्दै आएको घर छोड्यो ...

जव ग्लोबल बैंकले भाडामा बस्दै आएको घर छोड्यो ...

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित सशांक शाहीको घरमा भाडामा रहेको थियो तत्कालिन बैंक अफ काठमाडौं हालको ग्लोबल आईएमइ बैंक । मर्जरपछि घरधनीलाई जानकारीनै नदिई बैंकले सो घर छोडेर नयाँ स्थानमा बसेको छ ।

बैंकले घर भाडा नलिएर अन्यत्र गएपछि न्यायका लागि विभिन्न स्थानमा धाइरहेको उनले बताए । उनले भने –‘बैंकसंग हाम्रो सम्झौता सन २००७ देखिको हो । तर, अहिले अचानक विभिन्न बहाना देखाएर घर छोडेको छ ।’

उनले बैंकले घरको क्षेत्र बढाउन व्यवसायीक ऋण दिएको बताउँदै –‘सोही ऋणमार्फत हामीले दोस्रो घर पनि निर्माण गरेका थियौ । बैंकले माथिल्लो तलमा बसाउने र तल्लो तलामा व्यवसायीक प्रयोजनमा प्रयोग गर्ने भन्दै घर निर्माण भएको थियो ।’ उनले बैंकले सोही घरलाई आधारमा व्यवसायीक ऋण दिएको बताउँदै –‘अहिले घर अल्पत्र पारेको छ । सहमतिमा जुन अवस्थामा घर लिइएको थियो । त्यही अवस्थामा फिर्ता गर्ने उल्लेख छ । तर, घरमा विद्युतिकरण पनि छैन् ।’

उनले बैंकबाट घरबहालबाट वार्षिक दुई लाख ४५ हजार आम्दानी हुँदै आएकोमा घरलाई विना जानकारी छोड्दा आम्दानीको स्रोत पनि घटेको छ । उनले नयाँ घर निर्माणका लागि एक करोड ५० लाख ंऋण लिएको बताउँदै –‘अहिले बैंकले सम्पूर्ण ऋणसहित साँवा, ब्याज भुक्तानी गर्न पत्र पठाएको छ । आम्दानीनै नहुने अवस्था ल्याएको बैंकले साँवा र ब्याज एकमुस्ट तिर्न भन्दा समस्या भएको छ ।’ 

बैंकलाई सम्पूर्ण अवस्था जानकारी भएपनि किन यस्तो गरिरहेको भन्ने बुझ्न नसकेको उनको भनाई छ । तत्कालिन समयमा सहमति नसकिदै पुनः बैंकले घरबहाल बोलपत्र आह्वान गर्दा छनौटमा आफै परेको बताउँदै –‘बैंक मर्ज भएपछि एकै क्षेत्रमा दुई वटा शाखा राख्न नमिल्ने, भवन सडक क्षेत्राधिकारभित्र परेको, घर निर्माण गर्दा असहयोग भएको लगायतका बहाना देखाइरहेको छ ।’