मेयर चौधरीमाथि फौजदारी मुद्दा लगाउन सांसदको माग

मेयर चौधरीमाथि फौजदारी मुद्दा लगाउन सांसदको माग

पत्रकारको नाक भाँच्ने धम्की दिएर विवाद र चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले मेयर चौधरीले स्वतन्त्र पत्रकारिताको मूल्य मान्यताविपरीत धम्की दिएकाले फौजदारी कानुनअन्तरगत कारबाही गर्न माग गरेका हुन् ।

विपक्षी कांग्रेसकी सांसद सुजाता परियारले संसदमा भनिन्, ‘इटहरीको मेयरको हर्कत के हो ? पत्रकारमाथि नै आक्रामणको धम्की ? हामीले प्राप्त गरेको लोकतान्त्रिक उपलब्धी यही हो ? उनलाई कारबाही गरियोस् ।’

त्यस्तै सांसद हिरा गुरुङले इटहरीका उपमहानगरपालिका मेयरले दुई तिहाइको दम्भ देखाएको आरोप लगाइन् । ‘मेयरलाई फौजदारी अपराधअन्तरत कारबाहीको दायरामा ल्याउनुपर्छ । कानुनी राज्यमा कसैले पनि धम्की दिन सक्दैन’, गुरुङले भनिन् ।