जुनियर जेसिज क्रिकेट प्रतियोगिता धनगढीमा शुरु

जुनियर जेसिज क्रिकेट प्रतियोगिता धनगढीमा शुरु

धनगढी : जुनियर जेसिज प्रीमियर लिग क्रिकेट प्रतियोगिता आजबाट धनगढीमा शुरु भएको छ । कैलाली बहुमुखी क्याम्पसको खेल मैदानमा संचालन भइरहेको प्रतियोगीताको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका हुन ।

खेलमा धनगढीमा रहेका शैक्षिक क्षेत्रमा क्रियाशिल ईन्सच्यूट बिच प्रतिसपर्धा हुनेछ । क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख वडले खेललाई हार र जितको रुपमा मात्रै नलिन खेलाडीहरुलाई आग्रह गरे ।

हामीले सबै किसिमका खेलकुदहरुलाई समान प्राथमिकतामा राखेर काम गरिरहेका छौं नगरप्रमुख वडले भने, ‘एक वडा एक खेलमैदान निर्माण गर्ने अभियान हाम्रो छ ।’ अक्सर सबै वडामा खेल मैदान निर्माण गर्ने काम भैरहेको बताउदै नगरप्रमुख वडले भने, ‘यस आर्थिक बर्षमा समेट्न नसकेका वडामा अर्को बर्ष समेटिने छ ।’

केही दिन पहिले मात्रै उप–महानगरपालिकाले मेयरकप प्रतियोगिता सम्पन्न गरेको बताउदै नगरप्रमुख वडले भने, ‘यसलाई अन्य आगामी बर्षलाई पनि निरन्तरता दिईने छ ।’ नगरप्रमुख वडले खेलाडी भएको समाज र बस्ती अनुशासित हुने गरेको बताए ।