होटेल म्यानेजमेन्टका विद्यार्थीको इन्टर्नसिप अब धनगढीबाटै

होटेल म्यानेजमेन्टका विद्यार्थीको इन्टर्नसिप अब धनगढीबाटै

धनगढी । होटेल म्यानेजमेन्ट अध्यायपन गराइरहेका सुदूरपश्चिमका कलेजहरूले अब आफ्ना विद्यार्थीहरूको लागि इन्टर्नसिप दिलाउन काठमाडौँ जानु पर्ने बाध्यताको अन्त हुने भएको छ। धनगढीमा हेडवय एजुकेसन फाउन्डेसन सञ्चालनमा आएसँगै अब धनगढीबाटै कलेजहरूले विद्यार्थीहरूको व्यवहारिक सिकाइको लागि सम्झौता गर्न सक्ने भएका छन्  ।

एचएम र बिएचएम अध्ययन गरेका विद्यार्थीको पढाई सकिएको दौरानमा ६ महिना वा १ वर्ष इन्टर्नसिप गर्नुपर्ने हुँदा यस अघि उक्त कामको लागि यहाँका कलेजहरू काठमाडौँमा गएर सम्झौता गर्न बाध्य थिए । अन्य प्रदेशरतमा जानुपर्ने बाध्यता भएकाले आम बिद्यार्थीहरुको माग अनुसार धनगढीमा हेडवय एजुकेसन खोलिएको धनगढी शाखा प्रमुख अमन ओखेडाले बताए । 

उनका अनुसार धनगढीमा एचएम र बिएचएम पढाउने करिब १२ कलेजहरू छन् । अब ती कलेजलाई धनगढीबाटै विद्यार्थीको रोजाइमा रहेको देश तथा विदेशका पाँच तारे होटेलमा सिक्ने मौका दिलाउन धनगढीमा शाखा खोलिएको ओखेडाले बताए । 

काठमाडौँको बसाइ महँगो हुने भएकाले होटेल म्यानेजमेन्ट पढे पनि  कतिपय विद्यार्थी इन्टर्नसिप लिन नसक्ने  धनगढीको  लाइफलाइन टेक्निकल कलेजका सञ्चालक शङ्कर श्रेष्ठले बताए । अब हेडवय एजुकेसन सञ्चालनमा आएपछि विद्यार्थीहरूले विभिन्न देशहरूमा जाँदा वा इन्टर्नसिप गर्दा काठमाडौँ नै जानु पर्ने बाध्यता रोकिने श्रेष्ठले बताए । 

एचएम र बिएचएम क्षेत्रमा अध्ययनरत विद्यार्थीले भारत, कतार, दुवै, मलेसिया, बहराइन, मालदिभ्स लगायतका देशहरूमा इन्टर्नसिप गर्न  पाउने छन् । कलेज सञ्चालकहरूले अब धनगढीबाटै त्यसको सम्झौता गर्न पाउने भएका हुन् । यस्तै इन्टर्नसिप सकेर नेपाल फकिएका  विद्यार्थीहरूलाई रोजगारीको व्यवस्था समेत गरिने फाउन्डेसनले जनाइएको छ ।