गोदावरीमा जिप लाइन सञ्चालनमा

गोदावरीमा जिप लाइन सञ्चालनमा

धनगढी । कैलालीको  गोदावरीमा जिप लाइन सञ्चालनमा आएको छ । धनगढीका दिनेश खड्का सहित तीन जना युवाहरुले जिप लाइन सञ्चालनमा ल्याएका हुन् ।

बुधबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवाले जिप लाइनको उद्घाटन गरेका हुन् । गोदावरी पुलभन्दा ४ सय मिटर माथी रहेको स्टेसनबाट करिब १ किलोमिटर जिपलाइनको मजा लिएर वारी आउन मिल्ने छ । 

जिप लाइनले गोदावरीको रौनकनै बढाएको छ । पर्यटन प्रवद्र्धनका लागि शुरु गरिएको ‘जिप लाइन’ ले युवाहरुको मन लोभ्याइदिएको छ । 

२ करोडको लागतमा साहसिक खेल ‘जिपलाइन’ को सञ्चालनमा ल्याएको हो । नेपाल आउने पर्यटकले धेरै रुचाउने जिप लाइन नेपाली पर्यटकमाझ पनि लोकप्रिय नै बनेको जिप लाइनका सञ्चालक दिनेश खड्काले बताए ।