गाउँपालिका स्तरीय निर्णयमा महिला सम्बन्धी  कार्यशाला गोष्ठि

गाउँपालिका स्तरीय निर्णयमा महिला सम्बन्धी  कार्यशाला गोष्ठि

धनगढी : कैलालीको चुरे गाउँपालिकामा गाउँपालिका स्तरीय निर्णयमा महिला तीन दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । ग्रामीण जलस्रोत परियोजनाद्धारा आयोजित सो गोष्ठिको मूल नारा निर्णयमा महिला सबै भन्दा पहिला भन्ने थियो । लैंगिक उत्तरदायी बजेट योजना तर्जुम ागर्नका लागि उक्त गोष्ठि आयोजना गरिएको हो ।

तीन दिने गोष्ठिको समापनका अवसरमा बोल्दै चुरे गाउँपालिकाका उपाध्यक्ष दीपा साउँदले अहिले नीति बनाउने तहमा महिला नेतृत्वको सहभागिता गराउन सबैको सहयोग आवश्यक भएको बताइन् । ग्रामीण जलस्रोत परियोजनाले स्थानीय तहको बजेट आउनु पुर्ब  लैंगिक उत्तरदायी बजेट योजना तर्जुमा गोष्ठि आयोजना गरेर महत्वपूर्ण सहयोग गरेको उपाध्यक्ष साउँको भनाइ छ । उनले बजेट आउनु पुर्ब  लैंगिक उत्तरदायी बजेट योजना तर्जुमा गोष्ठि आयोजना गरेर आगामी आर्थिक वर्षमा महिलाहरुका लागि आवश्यक बजेट विनियोजन गर्न सहयोग पुगेको बताइन् ।

महिला हिंसामुक्त समाज बनाउन आफू लागि पर्नेबताउँदै उपाध्यक्ष साउँदले भनिन् –चुरे गाउँपालिकाका हरेक टोल–टोलमा महिलाको क्षमता विकासका लागि जनचेतनामूलक कार्यक्रम गर्न बजेट बिनियोजन गरिने छ ।

कार्यक्रममा जिविकोपार्जन परियोजना अधिकृत दिवाकर द्धयालले महिलाहरुलाई लैंगिक उत्तरदायी बजेट सम्बन्धी उत्तरदायी बनाउन योजना तर्जुमा गोष्ठिले महत्वपूर्ण भूमिका खोज्ने बताए । 

ग्रामीण जलस्रोत परियोजना सहयोग ईकाइ डडेल्धुराका मञ्जु भट्टले सहजिकरण गरेको कार्यक्रममा महिला जनप्रतिनिधिहरु, स्वयंसेविका, महिला सञ्जालको प्रतिनिधि, महिला कर्मचारी लगायत अधिकारकर्मी महिलाहरुको सहभागिता रहेको थियो ।