अन्त्य भयो जापानी प्रविधिको दिग्गज तोशिबाको युग

अन्त्य भयो जापानी प्रविधिको दिग्गज तोशिबाको युग

काठमाडौं । एउटा यस्तो समय थियो, त्यतिखेर तपाईं हाम्रो घरमा भएका टीभी, कम्प्युटर, स्पिकर वा अन्य जरुरी विद्युतीय सामग्रीमध्ये कुनै न कुनै तोशिबा कम्पनीको हुन्थ्यो ।

एकताका विद्युतीय उपकरणमा जापानी प्रभुत्व कायम राख्न सफल मानिने जापान इङ्क नामक कम्पनी आफ्नो ७४ वर्षे इतिहास अन्त्य गर्दै टोकियो स्टक एक्सचेञ्जको सूचीबाट हटेको छ ।

जापानको सबैभन्दा प्रसिद्ध औद्योगिक विरासत भएको कम्पनी कसरी ढल्यो ? यो सबै सन् २०१५ देखि सुरु भयो, जब कम्पनीका विभिन्न शाखाहरूमा व्याप्त लेखा सम्बन्धी थुप्रै गडबडीको विषय बाहिर आयो, जसमा व्यवस्थापन तहका कयौं शीर्षस्थहरू समेत संलग्न थिए ।

सात वर्षमा तोशिबाले आफ्नो नाफा १.५९ अर्ब अर्थात् १.२५ अर्ब युरोले बढी देखाएको थियो । सन् २०२० मा तोशिबाले लेखासम्बन्धी थप अनियमितता समेत गरेको पाइयो ।

त्यसमा कर्पोरेट सुशासन र शेयर होल्डरहरूले लिने निर्णय लिने तौर तरिका सम्बन्धी आरोपहरू पनि थिए । सन् २०२१ को एउटा अनुसन्धानबाट तोशिबाले जापानको वाणिज्य मन्त्रालयसँग साँठगाँठ गरेको विषय खुल्न आयो, जसबाट तोशिबालाई रणनीतिक सम्पत्तिको रूपमा हेरेर विदेशी लगानीकर्ताको हितलाई दबाउन खोजिएको थियो ।

सो समय विज्ञहरूले भनेका थिए कि त्यसले जापानको स्टकमा लगानी गर्ने सवालमा विदेशी लगानीकर्तामा अनिश्चयको वातावरण सिर्जना गरिदियो । जसले केवल तोशिबामा मात्र नभएर जापानको समग्र स्टक मार्केटमै समस्या सिर्जना गर्‍यो ।

सन् २०१६ को अन्त्यतिर तोशिबाले न्युक्लियर पावर प्लान्ट निर्माणसँग सम्बन्धित कयौं अर्ब डलरको रकम फिर्ता लिने बतायो, जुन त्यसको एक वर्ष अघि मात्र अमेरिकी युनिटको वेस्टिङ हाउस इलेक्ट्रिकले खरिद गरेको थियो ।

त्यसको तीन महिनापछि तोशिबाको परमाणु व्यवसाय सम्बन्धी अमेरिकी सब्सिडरी कम्पनी वेस्टिङहाउस टाट पल्टियो । त्यसबाट तोशिबाले छ अर्बभन्दा बढीको दायित्व झेल्नु पर्‍यो । उसले मोबाइल फोन, मेडिकल प्रणाली र होम अप्लायन्सेस सहितका व्यवसाय पनि बिक्री गर्‍यो ।

त्यसपछि उसलाई चिप युनिट तोशिबा मेमोरी बिक्री गर्नुपर्ने बाध्यता पनि आइलाग्यो- उक्त डिल विवाद र उसको एक साझेदारका कारण कयौं महिनासम्म लम्बिन पुग्यो । ठीक त्यही समयमा अन्य कम्पनीहरू भविष्यको प्रविधि र नवप्रवर्तनमा भारी मात्रामा लगानी गरिरहेका थिए, तर तोशिबा भने नगद जुटाउन आफ्नो बहुमुल्य सम्पत्ति बिक्री गर्न खोजिरहेको थियो ।

२०१७ को अन्यतिर तोशिबाले टोकियो स्टकको सूचीकरणबाट हट्नुपर्ने अवस्था टार्न विदेशी लगानीकर्ताहरूबाट जेनतेन ५.४ अर्ब डलर नगद जुटायो । तर त्यससँगै शेयरहोल्डरहरूबीच कम्पनीको भावी दिशाबारे विवाद उत्पन्न भयो ।

त्यसबाट ब्याट्री, चिप र न्युक्लियर तथा प्रतिरक्षा उपकरण निर्मातालाई पक्षघात गर्ने लामो लडाई निम्तियो । कम्पनीलाई साना कम्पनीहरूमा विभाजित गर्न अथवा निजीकरण गर्न सकिन्छ कि भने तोशिबाले एउटा समिति पनि गठन गर्‍यो । 

त्यसैबीच सन् २०२२ मा तोशिबासमक्ष खरिद सम्बन्धी आठ ओटा प्रस्ताव आए । यसै वर्षको सुरुतिर राज्य संरक्षित जापान इन्भेस्टमेन्ट कर्प (जेआईसी) ले नेतृत्व गरेको जापानी लगानीकर्ताको एक समूहले कम्पनी १४ अर्ब डलरमा कम्पनी खरिद भएको जानकारी बाहिर ल्याएको थियो ।

नयाँ लगानीकर्ताले कम्पनीलाई कसरी अगाडि बढाउने योजना बनाएका छन् भन्ने कुरा त स्पष्ट छैन, तर कम्पनीबाट बहिर्गमन हुँदै गरेका अध्यक्षले उच्च नाफा दिने किसिमका डिजिटल सेवाहरूमा केन्द्रित हुने बताएका छन् ।

जेआईसीसँग सोनीको ल्यापटप र ओलम्पसको क्यामेरा युनिट जस्ता ठूला निर्मातासँग मिलेर काम गरेको विगत छ । सन् २०१४ मा सोनीको भायो ल्यापटप व्यवसाय खरिद गरेपछि जेआईसीले यो वर्ष उल्लेखनीय बिक्रीको रेकर्ड राख्न सफल भएको छ ।

तर तोशिबा निकै ठूलो कम्पनी हो र यसमा लगानी समेत निकै धेरै भइसकेको छ । तोशिबामा अहिले पनि एक लाख छ हजार कर्मचारी रहेका छन् र यसका केही कार्य राष्ट्रिय सुरक्षाका हिसाबले समेत संवेदनशील मानिन्छन् ।