काठमाडौं महानगरका विद्यालयमा अब डीआई राख्न नपाउने

काठमाडौं महानगरका विद्यालयमा अब डीआई राख्न नपाउने

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा अब अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् ।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार विद्यालयमा राखिएका अनुशासन इन्चार्जले भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय दिने गरेको समेत गुनासो प्राप्त भएसँगै महानगरले यस्तो निर्णय गरेको हो ।

महानगरले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न, नगराउन सूचित गरेको छ ।