विशाल ज्योति सहकारी संस्थामा नयाँ कार्य समिति चयन

विशाल ज्योति सहकारी संस्थामा नयाँ कार्य समिति चयन

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको विशाल ज्योती सहकारी संस्था लिमिटेडको अध्यक्षमा भागरथी सिंह चयन भएकी छिन् ।

शनिबार भएको सहकारीको १३ औं साधारण सभामा सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

संस्थाको उपाध्यक्षमा अरुणकुमार सिंह, सचिवमा नरेन्द्र अवस्थी र कोषाध्यक्षमा दीपक पनेरु चयन भएका छन् । 

संस्थाको सदस्यमा दीपक गौतम, सपना चन्द, लब रावल र धुर्व बराल चयन भएका छन् भने तुलाराम खनालको संयोजकत्वमा लेखा समिति चयन गरिएको छ । लेखा समिति सदस्यमा राजेन्द्र सार्की र नेत्रा सिवाकोटी चयन भएकी छिन् ।

संस्थाका निवर्तमान अध्यक्ष खनालको अध्यक्षतामा भएको साधारण सभाको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की कार्यवाहक वडा अध्यक्ष मिना सिंहले समुदघाटन गरेकी थिइन् ।

एक सय ४१ महिला र दुई सय ४१ पुरुष गरि सहकारीमा तीन सय ९८ जना सेयर सदस्य रहेका छन् । सहकारीले यस अवधिमा तीन जनाको सेयर खरिद गरेको निवर्तमान अध्यक्ष खनालले बताए । उनका अनुसार संस्थाको सेयर पुँजी ४३ लाख २८ हजार नौ सय रहेको छ । संस्थाले १६ लाख ३३ हजार पाँच सय ६२ रुपैयाँ विभिन्न कोषमा राखिएको छ ।

संस्थाले एक करोड ८२ लाख ५७ हजार छ सय १८ रुपैया यस वर्ष संकलन गरिएको उनको भनाई छ । एक करोड २५ लाख ३३ सय सय आठ रुपैयाँ वचत फिर्ता गरिएको छ भने ५७ लाख ३६ हजार १० रुपैयाँ फिर्ता गर्न र भुक्तानी दिन बाँकी ४६ हजार नौ सय ९५ रहेको छ ।

संस्थाले ११ लाख २७ हजार ८४ नगद मौज्दात र एक लाख २५ हजार सात सय दुइ रुपैयाँ बैंक मौज्दात रहेको छ भने तीन लाख ७१ हजार लगानी अनुसार सेयर खरिद गरेको र एक करोड आठ लाख ८५ हजार छ सय ८३ रुपैयाँ ऋण लगानी गरेको जनाइएको छ ।