चट्याङ लागेर बैतडीमा दुईजना घाइते

चट्याङ लागेर बैतडीमा दुईजना घाइते

बैतडी : चट्याङ लागेर बैतडीमा २ जना घाईते भएका छन् । घाईते हुनेका दशरथचन्द नगरपालिका ५ सिमाइलका ३५ वर्षीया पुष्पा कोली र २० वर्षीया राधिका महर रहेका छन् ।

बिहीवार साँझ वर्षा र हावाहुरीसंगै परेको चट्याङले घरमै बसीरहेका उनीहरु घाइते भएका हुन् । घाइते दुबैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

जिल्लामा अन्य केही क्षती भएको खबर भए नआएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बिहीवार साँझ बैतडी सहित सुदूरपश्चिममा हावाहुरी, असिनासंगै बर्षा भएको थियो ।