उदयदेव सहकारीको अध्यक्षमा नारा जोशी चयन

उदयदेव सहकारीको अध्यक्षमा नारा जोशी चयन

धनगढी । उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा नारा जोशी चयन भएकी छन् । सहकारीको शनिबार महेन्द्रनगरमा भएको २५ औं साधारण सभाले जोशीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो ।

निर्विरोध चयन चएको कार्यसमितिको उपाध्यक्ष निरन्जन प्रसाद भट्ट, कोषाध्यक्षमा डा। शंकरदत्त भट्ट र सदस्य कौशल्या कुमारी ओझा, प्रकाश राज पाठक, सुनिलदत्त ओझा, हर्क बहादुर चन्द  कृति बहादुर चन्द  रहेका छन् ।

सभाले लेखा समितिको संयोजकमा चित्रांग थापा र सदस्यमा यज्ञाज पाण्डेय र भीमराज भट्टलाई चयन गरेको छ ।

कन्चनपुरको महेन्द्रनगरमा केन्द्रिय कार्यालय रहेको उदयदेव सहकारीका कन्चनपुर, कैलाली, डडेल्धुरा र बैतडीमा सेवा केन्द्र रहेका छन् ।  उदयदेवमा २३ हजार ५ सय ३८ जना शेयरधनी सदस्यहरु रहेका छन् ।