सुदूरपश्चिममा हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध

सुदूरपश्चिममा हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध

डडेल्धुरा : लगातारको हावाहुरीको लगातारको हावाहरीको कारण सुदूरपश्चिमका ७ पहाडी जिल्लामा बिहीबार साँझदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।

बिद्युत अबरुद्ध हुँदा डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, अछाम र बाजुरा जिल्लाका नागरिक समस्यामा परेका छन् । बिद्युत अबरुद्ध हुँदा विशेष गरी यस क्षेत्रका रेडियो, विभिन्न कार्यालय, व्यापारी लगायतलाई बढी समस्या परेको छ ।

विधुत अनियमित हुँदा डडेल्धुरा सदरमुकाममा संचालित ४ वटा रेडियोको प्रशारण रोकिएको छ।

बिहीबार साँझ आएको भीषण हावाहुरीको कारण कैलालीको गोदावरीलगायतका क्षेत्रमा रुख तथा पोल ढलेपछि विद्युत सेवा अवरुद्ध भएको डडेल्धुरा बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ ।

सो ठाँउमा आएको खराबीका कारण पहाडी जिल्लामा वितरण गरिएका सबै प्रसारण लाइन बन्द भएको बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका फोरमेन रोहित बोहराले जानकारी दिए । कति ठाँउमा रुख ढेलेको भन्ने एकिन नहुँदा विद्युत कति बेलासम्म आउने भन्ने निश्चित नभएको उनले बताए ।