जाडो मौसममा लाभदायक छ अञ्जीर

जाडो मौसममा लाभदायक छ अञ्जीर

काठमाडौं । अञ्जीर जति स्वादमा अनौठो हुन्छ, त्यति नै स्वास्थ्यको दृष्टिले पनि गुणकारी हुन्छ । अञ्जीरमा चमत्कारी फाइदा हुन्छन् ।

यी हुन् अञ्जीर सेवनका १० फाइदाहरु

१. अञ्जीरमा राम्रो मात्रामा डाइट्री फाइबर हुन्छ । यसले पाचन प्रणाली ठीक गर्नुको साथै पेट पनि सफा राख्छ । यसका लागि राति दुईदेखि तीन वटासम्म अञ्जीर पानीमा भिजाएर बिहान खानु पर्छ । यसो गर्नाले कब्जियत, एसिडिटी, ग्यास, ब्लोटिङको समस्या पनि कम हुन्छ । साधारण कब्जियतको अवस्थामा तातो दुधमा सुख्खा अञ्जीर उमालेर सेवन गर्नाले पेट सफा हुन्छ ।

२.अञ्जीर आइरनको एउटा राम्रो स्रोत मानिन्छ । शरीरमा आइरनको कमीका कारण एनीमियाको खतरा हुन्छ । अर्थात रगतको कमी हुन्छ र यसलाई कम गर्नका लागि अञ्जीरभन्दा राम्रो विकल्प अरु केहि हुँदैन । अञ्जीर खानाले शरीरमा हेमोग्लोबिनको स्तर पनि बढ्छ ।

३.अञ्जीर खानाले हड्डि बलियो हुन्छ । अञ्जीरमा पर्याप्त मात्रामा क्याल्शियम हुन्छ, जसले हड्डि दुख्ने र भाँचिने खतरा हुँदैन । 

४. अञ्जीरले रक्तचापलाई पनि नियन्त्रण गर्छ । अञ्जीरमा फाइबर र पोटाशियम हुन्छ, जसले उच्च रक्तचापको सम्भावनालाई कम गर्छ ।

५. अञ्जीरलाई दूधसंग मिसाएर पिउनाले प्रतिरोधक क्षमता बलियो हुन्छ । यसको सेवन गर्नाले मौसमी समस्याको चपेटामा आउनबाट बचाउँछ । रुघा–खोकि, ज्वरोको समस्या हुनबाट रोक्छ । चिसोका कारण हड्डि र जोर्नीमा अत्यधिक पीडा हुन थाल्छ । त्यसैले दिनहुँ एक गिलास अञ्जीर–दूध सेवन गर्नु राम्रो हुन्छ ।

६. अञ्जीरलाई उसिनेर राम्रोसंग पिसेर सेवन गर्नाले घाँटि सुन्निएको र गाँठो भएको समस्यामा तुरुन्तै लाभ प्रदान गर्छ ।

७. मधुमेहको समस्या भएकाहरुका लागि पनि अन्य फलफूलको तुलनामा अञ्जीरको सेवन विशेष लाभदायक हुन्छ ।

८. कुनै प्रकारको बाह्य पदार्थ पेटमा पुग्यो भने त्यसलाई निकाल्नका लागि अञ्जीर सेवन अत्यधिक गर्दा समस्या समाधान हुन्छ ।

९. क्षयरोग तथा दमका विरामीले बिहान अञ्जीर सेवन गर्दा अत्यधिक फाइदा पाइन्छ ।

१०. ताजा अञ्जीर खाएपछि दुध पिउनाले अत्यन्त शक्तिवर्धक र वीर्यवर्धक मानिन्छ ।