धनगढीका तीन विद्यार्थी सिटिइभिटीको परीक्षामा टप

धनगढीका तीन विद्यार्थी सिटिइभिटीको परीक्षामा टप

धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको धनगढी पोलिटेक्निक इन्ष्टिच्युटका तीन विद्यार्थीले सिटिइभिटीको परीक्षा टप गरेका छन्। होटेल व्यावस्थापनमा काशीराम खत्रीले सिटिइभिटी टप गरेका हुन्।

पोलिटेक्निक इन्ष्टिच्युटबाट होटल व्यवस्थापनमा भीम जोशी दोस्रो र करनबहादुर पनाडी तेस्रो भएका छन्। उनीहरूले क्रमशः ७९ दशमलव ५७ प्रतिशत, ७७ दशमलब ५७ र ७७ दशमलब ४३ प्रतिशत अङ्क हासिल गरेका छन्। 

कलेजबाट यो वर्ष २२ जना होटेल व्यवस्थापन तर्फको वार्षिक परीक्षामा सम्मिलित भएका थिए।  वार्षिक परीक्षामा १० जना उत्तीर्ण भएका छन्।