प्रमुख प्रतिपक्षी दलको संशोधन प्रस्ताव अस्वीकृत गर्दै प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

प्रमुख प्रतिपक्षी दलको संशोधन प्रस्ताव अस्वीकृत गर्दै प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित


प्रदेश सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ । 
प्रमुख प्रतिपक्षी दलले दुई बुँदामा संशोधनको प्रस्ताव दर्ता गरे पनि संशोधन प्रस्तावलाई अस्वीकृत गदै प्रदेश सभाले प्रदेश सरकारका तर्फबाट प्रस्तुत भएको नीत तथा कार्यक्रमलाई पारित गरेको हो । प्रदेश सभामा सत्तापक्ष नेकपाको दुई तिहाई बहुमत रहेका कारणा त्यहाँ नेकपा बाहेका दलहरुको प्रस्ताव पारित हुन नसक्ने स्थिति छ ।

प्रमुख प्रतिपक्षी दलले नीति तथा कार्यक्रमको बुँदा नम्बर ९३ मा रहेको मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकूद प्रतियोगिता र बुँदा नम्बर ९४ मा रहेको मुख्यमन्त्री स्वयसेवक परिचालन सम्बन्धी ब्यवस्था माथि संशोधन गर्न प्रस्ताव दर्ता गरेको थियो । सो प्रस्ताव प्रदेश सभामा सांसद गोविन्दराज बोहराले पस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम पारित हुनुपूर्व सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले असारमा खर्च गर्ने प्रणालीलाई आफुले रोक्न चाहेको बताउनुभयो । उहाँले चालू आर्थिक बर्षका कर्मचारी र आफुलाई आवश्यक संरचनाको अभावमा बजेट खर्चको दर बढाउन नसकिएपनि आगामी आर्थिक बर्षबाट त्यसलाई सुधारेर लैजाने बताउनुभयो ।
मुख्यमन्त्रीले जवाफ दिनु पूर्व नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता डा. रण बहादुर रावलले प्रदेश सरकारले भन्दा बढी भौतिक पूर्वाधार विकासको काम एकै स्थानीय तहले गरेको बताउनुभयो । उहाँले प्रदेशमा प्रदेश सरकार रहेको अनुभूति जनतालाई दिने गरी काम गर्न सुझाव दिनुभयो ।  नीत तथा कार्य माथिको छलफलमा शुक्रबार नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ, सासंद बीरमान चौधरी, शान्ति नेपाली र नेपाली कांग्रेसका श्यामलाल राना थारु, देवराज पाठक र राजापाका सांसद कृष्ण बहादुर चौधरीले बोल्नुभएको थियो ।