एन–प्यावसन कैलालीको नौ जिल्ला अधिवेशन भोली

एन–प्यावसन कैलालीको नौ जिल्ला अधिवेशन भोली

धनगढी । राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एन–प्याबसन) कैलालीको नौ औं जिल्ला अधिवेशन भोलि हुने भएको छ ।

एन–प्यावसन कैलालीले आज (शुक्रबार) धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै गोदावरी नगरपालिकास्थित ग्रीन गोदवारी रिसोर्टमा अधिवेशन गर्ने जानकारी दिएको हो ।

एन प्यावसनका कैलाली जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद चापागाईले जिल्ला सम्मेलनको सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले समुदघाटन गर्ने जानकारी दिए । उनले भने –‘अधिवेशनको सम्पूर्ण तयारी भइसकेको छ । सुरुमा उद्घाटन सत्र, त्यसपछि बन्द सत्र र अन्त्यमा विद्यालयहरुले भोग्नु परेका समस्याबारे छलफल गरि निष्कर्ष निकालिने छ ।’

देश संघियतामा गइसकेपछि संघिय सरकारले बनाउन लागेको शिक्षा ऐन, स्थानीय तहबाट भोग्नुपरेका विभिन्न समस्याबारे छलफल लगायत गरिने उनको भनाई छ ।

एन–प्यावसनका केन्द्रिय सचिव धर्मराज रेग्मीले वर्तमान सुहाउँदो शिक्षा ऐन ल्याउन जरुरी रहेको बताए । उनले भने –‘सरकारले नीजि र सामुदायिक विद्यालयलाई फरक दृष्टिकोणबाट लिइरहेको छ । तर, हामी सबै सम्मान हौं । यो कुरा बुझ्न जरुरी छ ।’ अहिले निर्माण भइरहेको शिक्षा ऐनले नीजि विद्यालयलाई गुँठी अन्तरगत राख्ने अवधारणा लिइरहेको बताउँदै –‘सरकारले यो गर्नु न्यायोचित होइन् ।’

ऐन प्यावसनका संस्थापक अध्यक्ष दुर्गा प्रसाद जोशीले शिक्षामा सुधार ल्याउन नीजि क्षेत्रको ठुलो योग्दान रहेको बताए । उनले भने –‘नीजि विद्यालयमा अध्यापन गरिरहेका विद्यार्थीहरुको शैक्षिक सुधार एकदमै राम्रो रहेको छ । यो योग्दानलाई सरकारले भुल्न हुँदैन् ।’