तौल घटाउन खानुहोस शखरखण्ड

तौल घटाउन खानुहोस शखरखण्ड

एजेन्सी । जाडोको मौसममा शखरखण्ड एकदमै धेरै खाने गरिन्छ । किनकी यो स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । साथमा यो धेरै मात्रामा जाडो समयमा पाइन्छ ।

यसलाई खाएर तपाईं आफ्नो शरीरको तौल कम गर्न पनि सक्नुहुन्छ । आउनुहोस् जानौं यसलाई कसरी खाँदा तौल कम गर्न सकिन्छ ।

यसलाई गहुँको पिठोमा म्यास गरेर यानिकी मसिनो गरी मिचेर मिसाउनुहोस् । अन्य रोटी वा परौठा जसरी यसलाई बनाएर खानुहोस् ।

शखरखण्डलाई तपाईं भुटेर चाट बनाएर खान सक्नुहुन्छ । यसमा मरिच, जिरा पाउडर र कालो नुन राखेर खानुहोस् ।
त्यस्तै तपाईं शखरखण्डलाई रोटीको रुपमा पनि खान सक्नुहुन्छ ।

त्यस्तै तपाईं सिधै पानीमा उमालेर पनि यसलाई खान सक्नुहुन्छ । यो शखरखण्ड खाने सबैभन्दा सजिलो तरिका हो ।

शखरखण्ड सीमित मात्रामा खानुपर्दछ । यसलाई तपाईं धेरै तेलमा भुटेर भन्दा थोरै तेल राखेर सानो आगोमा भुटेर खान सक्नुहुन्छ ।

तपाईं यसलाई नास्ता पनि खान सक्नुहुन्छ । यसको सेवनले तपाईंलाई लामो समय भोक लाग्दैन । जसले गर्दा तौल कम गर्न सहयोग पुग्नेछ ।

स्वस्थ रहनका लागि पनि यसको सेवन गर्न सकिन्छ । किनकी यसलाई खाएर तपाईं दिनभर ऊर्जावान महसुस गर्नुहुनेछ ।

शखरखण्डमा क्यालोरीको मात्रा कम हुन्छ । त्यसैले पनि यसलाई तौल कम गर्नका लागि आफ्नो खानपानमा समावेश गराउन सकिन्छ ।