छोरीको बिहेमा छमछमी नाँचे आमिर

छोरीको बिहेमा छमछमी नाँचे आमिर

काठमाडौं । बलिउड अभिनेता आमिर खानकी छोरी आइरा खान र फिटनेस ट्रेनर नुपुर शिखरे वैवाहिक बन्धनमा बाँधिएका छन्। 

बुधबार यी दुईबीच मुम्बईमा अदालती विवाह भएको थियो। जसमा खान र शिखरे परिवारसहित अम्बानी परिवार सहभागी थिए। 

आइराको बिहेका भिडियोहरु सामाजिक सञ्जालमा छाइरहेका छन्। जसमा आमिर खानको एक डान्स भिडियो पनि भाइरल भइरहेको छ। 

भिडियोमा आमिरको वरिपरि केही महिलाहरु ‘मेरी प्यारी बहनिया बनेगी दुल्हनिया’ गीत गाउँदै गरेको देख्न सकिन्छ। जसमा आमिर र उनकी पूर्वपत्नी किरण राव नाचिरहेका देखिन्छन्। 

छोरीको विवाहको खुसी उनको अनुहारमा देखिन्छ। जुन भिडियो मेहेन्दी सेरेमोनीको हो। 

यसअघि आमिर खान र उनकी पूर्वपत्नी किरण रावको किस भिडियो पनि भाइरल भइरहेको छ। आइरा र नुपुरको विवाहमा परिवारका सदस्य र साथीभाइहरु उपस्थित थिए। आज उदयपुरमा विवाह सम्बन्धी केही कार्यक्रम हुन लागेको बताइएको छ।