प्याज सेवनका के बेफाइदा पनि छन् ?

प्याज सेवनका के बेफाइदा पनि छन् ?

काठमाडौं । हाम्रो प्रकृतिमा त्यस्ता विभिन्न तरकारी तथा फलफूलहरु छन्, जसले शरीरलाई स्वस्थ्य राख्न सहयोग पुर्याउँछन् । यसबाहेक त्यस्ता धेरै तरकारीहरु पनि छन्, जसले शरीरलाई विरामीबाट टाढा पनि राख्छन् । यीनै तरकारीहरुमध्ये प्याज पनि एक हो ।

प्याज बिना प्रायः तरकारी अपुरो झैँ लाग्छ । प्याजमा सोडियम, पोटाशियम, फोलेट्स, क्याल्शियम, म्यागनेशियम, आइरन, भिटामिन ए, सी र ई तथा फस्फोरस समेत विभिन्न पोषक तत्व पाइन्छ ।

प्याज खानुको फाइदा छन् भने बेफाइदा पनि छन् । प्याज सेवनका बेफाइदा निम्न प्रकार छन् ।

ब्लड प्रेसर

जुन मानिसको ब्लड प्रेसरको समस्या छ, उनीहरुले बढी मात्रामा प्याज खानबाट बच्नु पर्छ । बढी मात्रामा प्याज सेवन गर्नाले ब्लड प्रेसर तिव्रताका साथ कम हुन्छ । जसले गर्दा विभिन्न किसिमका समस्याको सामना गर्न पर्ने हुन्छ ।

शुगरको स्तर

जुन मानिसलाई शुगरको समस्या हुन्छ, उनीहरुले प्याज खानु अगाडि डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ । प्याज खानाले रगतमा शुगरको स्तर घट्छ, जसले गर्दा मानिस बेहोस पनि हुन सक्छ ।

कब्जियत र पेट दुखाइ

प्याजमा प्रचुर मात्रामा फाइबर पाइन्छ । बढी मात्रामा प्याज खानाले पेट सम्बन्धि समस्याको सामना गर्नु पर्छ । यदि ग्यासको समस्या छ भने प्याज खानबाट बच्नु पर्छ ।

प्याज सेवनका फाइदा

प्याजमा पर्याप्त मात्रामा क्याल्शियम पाइने भएकाले प्याज सेवन हड्डि बलियो हुन्छ । हड्डि कमजोर भएको छ अथवा हड्डिसंग सम्बन्धित रोगको सामना गरिराख्नु भएको छ भने प्याज सेवन गर्नु फाइदाजनक हुन्छ ।

प्याजमा भएको फ्लेभोनोइड्स जसले नराम्रो कोलेस्ट्रललाई कम गर्छ र गुड कोलेस्ट्रललाई बढाउँछ । त्यस्तै प्याज सेवनले हृदयघात, हर्ट स्ट्रोक जस्ता मुटु सम्बन्धि रोगमा फाइदा पुर्याउँछ ।

प्याज एन्टीब्याक्टेरियल,एन्टीब्याक्टेरियल,एन्टीफंगल र एन्टीअक्सीडेन्टले भरिपूर्ण हुन्छ । प्याज सेवनले कपाल कालो,बाक्लो र बलियो हुन्छ । त्यसैले कपाल सम्बन्धि समस्याबाट छुटकारा पाउन प्याजको रस लगाउने सल्लाह दिइन्छ ।