जाडोको मौसममा छाला फुट्ने समस्या छ भने यस्तो गर्नुहोस् !

जाडोको मौसममा छाला फुट्ने समस्या छ भने यस्तो गर्नुहोस् !

एजेन्सी । जाडोको मौसममा छाला फुट्ने समस्या सामान्य हो । तर, के तपाईंलाई थाहा छ रु शरीरमा कतिपय भिटामिनको कमीका कारणले पनि छाला फुट्ने समस्या हुन्छ । जानौं यसबारे ।

भिटामिन सीले शरीरमा कोलेजन निर्माण गर्दछ । यस्तोमा शरीरमा भिटामिन सी को कमी हुँदा छाला फुट्न थाल्छ । भिटामिन सीको कमी पूरा गर्न कीवि, सुन्तला, अमला जस्ता फल सेवन गर्न सकिन्छ ।

त्यस्तै भिटामिन एको कमी हुँदा पनि छाला फुट्न थाल्छ । यसको कमी हुँदा शरीर सुन्निने तथा घाउ आउने पनि हुन्छ । शरीरमा भिटामिन ए को कमी पूरा गर्न शखरखण्ड, पालक, गाजर, अन्डा तथा रंगीविरंगी तरकारी खानु पर्छ ।

भिटामिन डी पनि छालाका लागि एकदमै फाइदाजनक हुन्छ । शरीरमा यसको कमी हुँदा छाला फुट्ने गर्छ । शरीरमा भिटामिन डी को कमी पूरा गर्न घाममा बस्ने, सूर्यमुखीको बीज, दुग्धजन्य पदार्थ तथा एवोकाडो खान सकिन्छ ।

त्यस्तै भिटामिन ई पनि छालाका लागि एकदमै आवश्यक हुन्छ । यसको कमी हुँदा पनि छाला एकदमै सुख्खा हुने गर्छ । त्यसैले यसको कमी पूरा गर्न एवोकाडो तथा नट्सहरुको सेवन गर्न सकिन्छ ।