सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज शान्ति श्री परियार र सुरेश चोखालको प्रस्तुति रहने

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज शान्ति श्री परियार र सुरेश चोखालको प्रस्तुति रहने

धनगढी । अत्तरियामा बिहीबार देखी सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित गायिका शान्ति श्री परियार र डेउडा गायक सुरेश चोखालको प्रस्तुति रहने भएको छ ।

परियार अरेली काँडैले मलाई च्वास्सै च्वास्सै,बोल माया,गलबन्दी च्यातियो लगायतका चर्चित गीतहरुकी गायिका हुन् भने चोखाले आइजा मेरी जसुली लगायतका चर्चित गीतहरू गाएका छन् ।

आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईका अनुसार अन्य ४ जना स्थानीय कलाकारको पनि प्रस्तुति रहनेछ ।

जस्मा कृष्ण विक, केशव फुलारा, डिबी निंरकारी र सुशीला कार्की रहेका छन् । लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था, बाल उद्यान, खानाका विभिन्न परिकारहरू, थारु संस्कृति तथा परिकार सहितको थारु प्रदर्शनी मुख्य आकर्षणका रूपमा रहेका छन् । महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुने छ ।