चन्द्रोदय विद्यालय फूलबारीको को ४४औ बार्षिकोत्सव

चन्द्रोदय विद्यालय फूलबारीको को ४४औ बार्षिकोत्सव

धनगढी । चन्द्रोदय माध्यमिक विद्यालय फूलबारीको को ४४औ बार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । 

बार्षिकोत्सव समारोहका प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा एमाले नेता धर्म राज पाठकले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नु आजको प्रमुख चुनौती भएको बताएका छन । उनले सार्वजनिक विद्यालयमा राज्यको ठूलो लगानी रहे पनि गुणस्तर कमजोर बन्दै गइरहेको तर्फ बेलैमा शिक्षक र अभिभावक दुबैले सजग हुनुपर्ने बताए । 

प्रदेश सभा सदस्य पाठकले सार्वजनिक विद्यालयमा हरेक बर्ष घटिरहेको विद्यार्थी संख्या चिन्ताजनक रहेकोले विद्यालयमा विद्यार्थी टिकाउने र नया आकर्षण बढाउन नया योजनाका साथ विद्यालय संचालन हुनुपर्ने बताए । 

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्दकला रानाले चन्द्रोदय माध्यमिक विद्यालयलाई उपमहानगरपालिकाले नमुना विद्यालयको रुपमा अगाडि बढाउने गरि काम शुरु गरेको बताइन । कार्यक्रममा चन्द्रोदय माध्यमिक विद्यालयका सस्थापक तथा फूलबारी गाबिसका पूर्व अध्यक्ष दिनेशचन्द्र सुवेदी र  वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले शुभकामना मन्तव्य राखेका थिए । 

विद्यालयका प्रधानाध्यापक शुभचन्द्र सुवेदीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरज परियारको अध्यक्षतामा भएको थियो ।