खाना अपचको समस्या छ भने यस्तो उपाए गर्नुहोस

खाना अपचको समस्या छ भने यस्तो उपाए गर्नुहोस

एजेन्सी । खराब जीवनशैली तथा खानपानले पाचन प्रणालीमा नराम्रो असर पारेको हुन्छ । जसले गर्दा खाना पचाउन पनि समस्या हुने गर्छ । तपाईंलाई पनि खाना पचाउने सम्बन्धी केही समस्या छ भने यहाँ बताइएका चीज खानुहोस् ।

पानी

पानी शरीरका लागि एकदमै अत्यावश्यक चीज हो । शरीरमा पानीको कमी हुँदा कब्जियत र ग्यासको समस्या हुन थाल्छ । त्यसैले पेटलाई स्वस्थ राख्नका लागि सबैभन्दा पहिला प्रसस्त पानी पिउनुहोस् ।

अदुवा

खानालाई छिटो पचाउन अदुवाको सेवन गर्न सकिन्छ । अदुवामा पाइने तत्वले पेटसँग जोडिएका समस्या कम गर्छ । यसका लागि तपाईं अदुवा चिया पनि पिउन सक्नुहुन्छ । वा खानासँगै सानो टुक्रा अदुवा सेवन गर्न सक्नुहुन्छ ।

दही

दही खाँदा पनि पाचन प्रक्रियालाई फाइदा गर्छ । दही एउटा प्रोबायोटिक फुड हो जसले शरीरमा राम्रो ब्याक्टेरिया बनाउने काम गर्छ । यी ब्याक्टेरियाले खाना पचाउने काम गर्छन् ।

हींग

खाना छिटो पचाउन चाहनुहुन्छ भने हींग खानुहोस् । हींगमा एन्टीअक्सीडेन्ट तथा एन्टीइन्फ्लामेटरी गुण पाइन्छ जसले ग्यास तथा अपचको समस्या निको बनाउँछ । यसका लागि हींगलाई पानीमा मिसाएर पिउनुहोस् ।

अमला

अमला खाँदा पनि खाना सजिलोसँग पच्छ । यसमा पाइने फाइबरले पाचन प्रणालीलाई राम्रो बनाउँछ ।

हिँड्डुल

कतिपय मानिस खाना खाएपछि तुरुन्तै सुत्ने गर्छन् । यसो गर्नु स्वास्थ्यका लागि एकदमै नराम्रो कुरा हो । त्यसैले खाएको केहीबेरपछि हल्का हिँड्नु आवस्यक छ । जसले गर्दा खाना पचाउन सजिलो हुन्छ ।