सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज रचना रिमाल आउँदै

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज रचना रिमाल आउँदै

धनगढी । अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आज चौथो दिन  आज चर्चित गायिका रचना रिमाल लगायतको प्रस्तुती रहने भएको छ ।

रिमालका उनको पिरती पहिले हो की,मिनीरल वाटर,फोटो फिरिममा लगायत दर्जनौ गितहरु चर्चित छन् । महोत्सवका कला सँस्कृति संयोजक रमेश भट्राईका अनुसार आजै नरेश योगी,धन बहादुर भण्डारी,सपना शाहि,मेगजन कडायत र कोपिला सिंह कडायतको प्रस्तुती पनि रहने भएको छ ।

अत्तरिया उद्योग वाणिज्य संघ अत्तरियाको आयोजनामा पुष २६ गतेदेखी सुरु भएको महोत्सवमा हिजो हिमाल सागर लगायत डेउडा गायिका डिग्रा वादी,चर्चित गायक चेतन बोहरा, रोजी कुँवर, सोनु कुश्मीकोे प्रस्तुती रहेको थियो ।

लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सव माघ ७ गतेसम्म चल्नेछ ।